'I am not a Feminist' 'Feminist are men haters' के वास्तवमै Feminist हरु Men haters हुन् त?
हामि केहि महिलाहरु पनि भेटछौ, जसले भन्छन, हामीले अधिकार पाएकै छौ नि, Feminism किन चाहियो ? वास्तवमा उनीहरुलाई Feminism र Misandrist बिचको भिन्नतानै थाहा छैन । त्यस्तै अधिकांश पुरुषहरुलाई लाग्छ Feminist हुनु भनेको महिलाको काम हो । के साँच्चै Feminism लाई पुरुषको खाचो छैन त ?
विश्वका धेरै देश हरु छन्, जहाँ बाहिर खुला रुपमा हिड्न, गीत गाउन, नाच्न अथवा बोल्न समेत बन्देज लागिएको छ महिलाहरुलाई । यस्ता देशहरु पनि छन् जहाँ बलात्कारीले जबसम्म पीडित संग बिहे गर्छ तब उसले गरेको अपराधको लागि कुनै सजाय हुदैन । के हामीले वास्तवमा नै अधिकार पाएका छौ ?
तालिवानले महिलाहरुको शिक्षामा त रोक लगाएकै थियो । स्वास्थ्यमा पनि रोक लगायो, बाहिर पनि घरको पुरुष बिना जान पाउन छाडे, त्यति मात्रै हैन घरेलु हिंसालाइ पनि कानुनी बनाइयो । जब सम्म देखिने शारीरिक चोट छैन या शरीरको कुनै हड्डी भाचिएको छैन तब सम्म उसले कुनै गल्ति गरेको छैन । नाम मानिसको पहिचान हो, तर तालिवानले त यो पनि खोसेको छ । अफगानिस्तानको बल्ख प्रदेशमा महलाहरुको पहिलो नाम उनीहरुको कागजातबाट हटाएर नामको साटो ‘बीबी’ अर्थात् हजुरआमा वा बुढी महिला र अपहेलित शब्दहरु जस्तै जनावरको नाम ‘गाई’ ‘बाख्रा’ले सम्बोधन गर्न थालिएको छ । के अब हामी अझै भन्न सक्छौ हामीलाई Feminism चाहिदैन ?
विश्व बैंकले सन् २०२३ मा निकालेको महिला व्यापार र कानुन प्रतिवेदन अनुसार अझैपनि विश्वका मात्र १४ वटा देशमा महिलाहरुले समान अधिकार पाएका छन् । के Feminist हरु त्यसै बोलिरहेका छन् त ?
नेपालमा पनि महिलाहरु आफ्नो आधारभूत अधिकार पाउन सकिरहेका छैनन् । सुदुरमा अझैपनि महिलाहरु छाउगोठमा जाने गर्छन । भन्न त भनिन्छ कसैको जबरजस्ती बिहे गराउन पाइदैन, तर के जबरजस्ती बिहे गराउन बन्द भएको छ त ? समाबेशिता छ भनेर भनिन्छ, तर के असल जिन्दगीमा प्रयोग भएको छ त? या कागजमा मात्रै सिमित छ ? अझै पनि वैवाहिक बलात्कार लाइ श्रीमानको अधिकारको नाम दिइन्छ ।
अझै पनि पुरुषको गल्तिका कारण महिलामाथि लान्छना लगाइने गरिन्छ । महिलाहरुको चरित्रमाथि खुलेआम औंला उठाउने गरिन्छ, यदि उसको गल्ति होस् या नहोस। भनिन्छ बाल विवाहको अन्त्य भयो तर अझै पनि बाल विवाह गरेको पाइन्छ । अझै पनि छोरी मात्रै भई भने बंश आघि बढ्दैन भनेर छोरा जन्माउनु पर्छ, भन्ने सोच जिवितै छ । अझै पनि बराबर काम गरेपनि महिलाहरुले पुरुषको तुलनामा कम पारिश्रमिक पाउने गरेका छन् । कानुनमा त बराबर भनेर लेखिएको छ, तर वास्तविक जीवनमा प्रयोग भने कमै भएको पाइन्छ । के वास्तवमै देश परिवर्तन भएकै हो त ?
के हामिलाइ साँच्चै Feminism नचाहिने होर ?