इरान सन् २०१८ को विश्वकपमा छनोट हुने तेस्रो देश भएको छ । आयोजक रुस र ब्राजिलपछि इरान विश्वकप अन्तिम चरणमा छनोट हुन सफल भएको हो ।
सोमबार भएको छनोटको खेलमा इरानले उज्वेकिस्तानलाई २–० ले हराएपछि यो उपलब्धी हात पारेको हो । इराना लागि सरदार काजमोन र मेहदी तारेमीले गोल गरे ।
यो जितसँगै क्लार्सोस क्वरेजको प्रशिक्षणमा रहेको इरानले समूह ‘ए’ को शीर्ष दुई स्थान हात पार्ने निश्चत भएको हो । इरान विश्वकपमा छनोट भएको यो पाँचौं पल्ट हो ।