उपभोक्ताहरुको हित संरक्षणबारे तिनदिने सशक्तीकरण्ँ तालिम सम्पन्न भएको छ । युनिडो, युरोपियन कमिसन र नेपाल सरकारको वाणिज्य विभाग कार्यालयको सहयोगमा कन्जुमर इन्टरनेशनलको आयोजना गरेको सो तालिम गत मंसिर २७ गते देखि पुष १ गते शुक्रबारसम्म आयोजना भएको थियो । उक्त तालिममा करिब ३५ जना पुर्वाञ्चलभरिका उपभोक्ता हित संमक्षण सम्बन्धि संगठनहरुको प्रतिनिधिहरु सहभागी भएका थिए ।
तालिममा नेपालमा लागु उपभोक्ता संरक्षणऐन, बजार व्यवस्थापन नियम, अनुगमन, लेबलीङगबारे प्रशिक्षण दिइएको तालिमकर्ता कमलेश अधिकारीले बताए । तालिममा सहभागीहरुलाई विराटनगरका पुर्व मेयर रमेशचन्द्र पौडेल, वाणिज्य विभागका कार्यकारी निर्देशक शंकर प्रसाद पौडेल, कन्ज्युमर इन्टरनेशनलका एशिया मध्य पुर्व प्रमुख इन्द्रानि थुराइसिगंम, नेपाल विशेषज्ञ कमलेश अधिकारीलगायतले प्रशिक्षण दिएका थिए ।