पाकिस्तानका एक क्रिकेटरको बलले लागेर ज्यान गयो

<span class='c1'>पाकिस्तानका एक क्रिकेटरको बलले</span> <span class='c2'>लागेर ज्यान गयो</span>

एजेन्सी । पाकिस्तानका एक क्रिकेटरको बलले लागेर ज्यान गएको छ । पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदलाई बलले टाउकोमा लागेको हो ।खैबर पख्तुन्ख्वा प्रान्तको मार्दनमा सोमाबार भएको खेलको क्रममा अहमदलाई बलले टाउकोमा लागेको पाकिस्तानी पत्रिका टाइम्स अफ इस्लामाबादले जनाएको छ । बलले लागे लगतै अहमदलाई अस्पताल लगिएको भएपनि बचाउन भने सकिएन । पाकिस्तान क्रिकेट बोर्डले आफ्नो ट्वीटर ह्याण्डलमार्फत अहमदको निधन भएको पुष्टि गरेको छ । बोर्डले परिवार तथा खेलाडी तथा समर्थकप्रति समवेदना प्रकट गरेको छ । बोर्डले सबै खेलमा अनिवार्य रुपमा हेलमेट प्रयोग गर्न पनि खेलाडीलाई आह्वान गरेको छ । सन् २०१४ मा अष्ट्रेलियाली क्रिकेटर फिलिप हृयुजको बाउन्स बलले लागेर मृत्यु भएपछि क्रिकेटमा सुरक्षाका बिषयमा ठूलो बहस सुरु भएको थियो । त्यसपछि आइसीसीले हेलमेट परिवर्तन गर्ने निर्णय पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्