यु-१५ साफ च्याम्पियनसिप फुटवल: नेपाल र भारतको फाइनल भिडन्त आज

<span class='c1'>यु-१५ साफ च्याम्पियनसिप फुटवल: नेपाल</span> <span class='c2'>र भारतको फाइनल भिडन्त आज</span>

१५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधी छिनोफानो आज हुदैछ ।

ललितपुरको सातदोबाटोस्थत एन्फा कम्प्लेक्समा अपरान्ह सुरु हुने खेलमा उपाधीका लागि नेपाल र भारत आमुन्ने सामुन्ने हुनेछन् । समूह चरणको आफ्नो दोश्रो खेलमा भारतसँगै पराजित भएर समूह उपबिजेता बन्दै सेमिफाईनल प्रबेश गरेको नेपालले सेमिफाईनलमा बंगलादेशलाई ४–२ गोल अन्तरले पाखा लाउदै फाईनलमा पुन भारतसँगको भेट पक्का गरेको हो । उता एउटै समूहमा रहेको नेपाललाई जित्दै समूह बिजेता बनेर सेमिफाईनलमा पुगेको भारतले सेमिफाईनलमा भुटानलाई २ – ० ले हराउदै पुन नेपालसँगको भेट जुराएको हो । यसअघि सेमिफाइनलको हारको बदला लिन नेपाललाई यो फाइनल सुनौलो मौका हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्