घरेलु टोलि श्रीलंकाविरुद्धको पाँच खेलको एक दिवसिय सिरिज भारतले जितेको छ । आइतबार राति भएको तेस्रो एक दिवसीयमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै भारतले सिरिज आफ्नो बनाएको हो ।
पल्लेकेला क्रिकेट स्टेडियममा श्रीलंकाले दिएको २१८ रनको लक्ष्य भारतले २९ बल बाकीं रहदै मात्र ४ विकेटको क्षतिमा पुरा गरेको थियो । जितपछि भारतले पाँच खेलको सिरिज दुई खेल अघि नै ३ – ० ले जितेको छ ।
भारतको जितमा रोहित शर्माले अविजित १२४ रनको शतकीय पारी खेले । ओपनर शिखर धवन र कप्तान विराट कोहलीलाई मात्र १९ रनमा गुमाएको भारतको जितमा शर्माले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १ ४५ बलमा २ छक्का र १४ चौका प्रहार गरेका थिए । त्यसअघि धवन ५ तथा कप्तान कोहली ३ रनमा आउट भए । यस्तै भारतको जितमा पूर्व कप्तान महेन्द्र सिंह धोनीले अविजित ६७ रन जोडे । श्रीलंकाका लागि अकिला धनन्जयले २ तथा लासिथ मालिंगा र विश्व फर्नान्डेजले समान १/ १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २१७ रन बनाएको थियो । श्रीलंकाका लागि लाहिरु थिरिमानेले ८० रनको अर्धशतकीय पारी खेलेका थिए । यस्तै मिलिडा सिरिवर्दानाले २९ तथा निरोस डिक्वेलाले १३ रन जोडे । भारतका लागि जस्प्रित बुमराहले ५ विकेट लिए ।