इपिएल क्रिकेट एपी वान टेलिभिजनमा लाइभ आउने !!

<span class='c1'>इपिएल क्रिकेट एपी वान</span> <span class='c2'>टेलिभिजनमा लाइभ आउने !!</span>

काठमाडौं । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको प्रत्यक्ष प्रशारण एपी वान टेलिभिजनले गर्ने भएको छ । आगामी डिसेम्बरमा आयोजना हुने इपिएल र एपिवान टेलिभिजनबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको छ ।

इपिएल र एपीवानले तीन वर्षको लागि ३ करोड रुपैयाँबराबरको ब्रोडकाष्टिङ सम्झौता गरेका हुन् । प्रत्यक्ष प्रशारण सम्झौतामा इपिएलका सस्थापक आमिर अख्तर र एपीवान टिभिका एमडी लक्ष्मीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि इपिएललाई एपीवानले  बार्षिक एक करोडमा रुपैयाँ तिर्नेछ । जसमा वार्षिक १० प्रतिशतले वृद्धि हुने छ । एपीवानले अब इपिएललाई वार्षिक ५० लाख नगद दिनेछ भने ५० लाखबराबरको सेवा उपलब्ध गराउने छ ।

सम्झौतापछि इपिएल खेलहरु प्रत्यक्ष प्रशारण गर्नका लागि एपिवानले १२ वटा क्यामेरा राख्नेछ । त्यस्तै इपिएलमा पहिलो पटक थर्ड अम्पायरको पनि व्यवस्था गरिनेछ । प्रतियोगिता दौरान एपि वानले टियू क्रिकेट मैदानमा ठूलो स्क्रिन पनि राख्नेछ भने उसले प्रत्यक्ष प्रसारणमा ग्राफिक्स र अन्य कम्प्युटर प्रोग्राम पनि प्रस्तुत गर्नेछ । सम्झौता पछि एपी वानले सबै खेलको प्रत्यक्ष प्रसारणको अधिकार प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने इपिएल राउन्ड रोविन लिगका आधारमा संचालन हुने छ । प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ ।  इपिएलको विजेताले २१ लाख प्राप्त गर्ने छन् । यसपटक काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखराको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी प्रत्येक  टिमले लिगमा एक अर्कासँग एक एक खेल खेल्नेछन् । र, शिर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  ।

प्रतियोगिताका लागि खेलाडीहरु अक्सनबाट छनौट गरिनेछ । अक्सनमा ए, बि र सी समूहका खेलाडी रहने छन् । एक टिममा १५ खेलाडी रहनेछन् । १० खेलाडी अक्सनबाट, तीन विदेशी र एक जना ट्यालेन्ट हन्ट बाट खेलाडी छनौट गरिनेछ । टिममा तीन विदेशी खेलाडी अनिवार्य गर्नुपर्ने हुन्छ । यस्तै एक जना मार्केट प्लेयर पनि राख्न पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्