काल्पनिक घटना बनाइ प्रहरीले पक्राउ गरेको आरोप

<span class='c1'>काल्पनिक घटना बनाइ प्रहरीले</span> <span class='c2'>पक्राउ गरेको आरोप</span>

विराटनगर, ७ माघ । स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले देवानन्द यादवलाइ कृतिम घटना सृजना गरि षडयन्त्रपुर्वक तरिकाले प्रहरीले पक्राउ गरेको आरोप लगाएको छ । शनिवार विज्ञप्ती सार्वजनिक गरि उनीहरुले यस्तो आरोप लगाउनुका साथै घटनाको भत्सर्ना गरेका छन् । आफ्नो संगठन गुण्डागर्दिको विपक्षमा भएको तर निर्दोष व्यक्तिमाथि झुठो आरोप लगाइ फसाउनेको पक्षमा आफुहरु नरहने स्ववियुका सभापति जयराम सुन्दास र  क्रान्तिकारीकि अध्यक्ष सविना दाहालद्वारा हस्ताक्षरित छुट्टा छुट्टै विज्ञप्तीमा भनिएको छ ।विज्ञप्तीमा सम्पुर्ण सरोकारवालाहरुलाई सत्यतथ्यको खोजी गरि प्रहरीको षडयन्त्रपुर्ण कार्यको भण्डाफोर गर्नसमेत अनुरोध गरिएको छ ।
प्रहरीले यादवलाई बिहिवार मध्य रातमा काटमार र अपहरणको घटना गराएको आरोपमा पक्राउ गरेको थियो । उनी गत जेठ १८ गते मोरङ जिल्ला अदालतमा भएको आक्रमण घटनाका मुख्य अभियुक्त समेत हुन् । सो मुद्दाबाट उनलाई पुनरावेदन अदालतले सामान्य तारेखमा छाडेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्