विराटनगर २१ माघ । पूर्वाअञ्चल क्षेत्रिय टेवल टेनिस महिला सिगंल तर्फ आज विराटनगरमा भएको देवल टेनिसमा ८ जना खेलाडी छनौट भएका छन् । सो खेलमा ५ वटा जिल्लाका २४ जना खेलाडी सहभागी रहेको छन् । जस मध्ये ४ वटा खेलमा ८ जना खेलाडी दोस्रो खेलमा प्रवेस गरेका छन् । जस मध्ये सुनसरीबाट ५ जना ईलामबाट २ जना, र झापाबाट १ जना खेलाडी छनौट भएका छन् । छनौट खेलाडीहरुलाई छैटौ राष्ट्रिय प्रतियोगीतामा सहभागी हुन पाउने मोरङ्ग टेवल टेनिस संघका अनुज बानियाले बताउनु भयो ।