एनटिसिको आठौं वार्षिकोत्सव

<span class='c1'>एनटिसिको आठौं</span> <span class='c2'>वार्षिकोत्सव</span>

विराटनगर, २२ माघ । कम्पनीमा परिणत भएको आठौं वार्षिकोत्सवको अवसरमा टेलीकम क्षेत्रीय कार्यालय विराटनगरले प्रभातफेरी सहित र्यालीको आयोजना गरेको छ । आइतबार विहान विरेन्द्र सभागृह अघिको क्षेत्रीय कार्यालयबाट निक्लिएको र्यालीले टेलिकमको प्रवद्र्धन गर्दै नगर परिक्रममा गरेको थियो । क्षेत्रीय कार्यालयबाट सुरु भएको र्यालीको जलजला रोड हुदै शनिमन्दिर, जनआन्दोलन चौक, ट्राफिक चौकबाट मेनरोड हुदै गोल्छा चौकबाट पुनः कार्यालय पुगेर समापन भएको थियो । र्यालीमा कर्मचारी, सर्वसाधारणका साथै १ सयवटा रिक्सासहित रिक्सा चालकहरुको समेत सहभागीता रहेको थियो । र्यालीमा सहभागीहरुलाई टेलिकमको छाप भएको टिसर्ट र टोपी वितरण गरिएको थियो । क्षेत्रीय कार्यालयका निमित्त निर्देशक शिवराम राजवंशीको अनुसार र्यालीको उद्देश्य वार्षिकोत्सव मनाउनुको साथै टेलिकमको बजार प्रवद्र्धन गर्नु पनि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्