०६९/७० का लागि विराटनगरको बजेट सार्वजनिक :४७ करोड रुपैयाँ

<span class='c1'>०६९/७० का लागि विराटनगरको बजेट</span> <span class='c2'>सार्वजनिक :४७ करोड रुपैयाँ</span>

विराटनगर, २२ माघ । आर्थिक बर्ष ०६९/७० का लागि विराटनगर उपमहानगरपालिकाले करिव ४७ करोड रुपैयाँको वजेट सार्वजनिक गरेको छ । आज विराटनगरमा आयोजित वजेट सार्वजनिक कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिलीप चापागाईले ४६ करोड ९७ लाख ८८ हजार १ सय २८रुपैया“को अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको थियो । जसमा आन्तरीक श्रोत परिचालनबाट ९ करोड ५७ लाख ८६ हजार २ सय ६८ र नेपाल सरकारबाट पनशर्त अनुदान २२ करोड ७२ लाख २१ हजार ३ सय ६० र नेपाल सरकारबाट ससर्त अनुदान २ करोड ५५ लाख प्रप्त हुने अनुमान गरेको छ । उपभोक्ताबाट ६५ लाख ३० हजार ५ सय र अन्य संघ संस्थाबाट १ करोड ४७ लाख ५० हजार र नगर विकासकोषबाट ऋण सापटी १० करोड प्राप्त हुने अनुमान गरिएको छ । कार्यक्रममा स्थानियविकास मन्त्री टोपबहादुर रायमाझीले सरकारले स्थानिय निकायको निर्बाचनको तयारी गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा नगरपालिकामा प्रतिनिधित्व गर्ने विभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्