नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार चालक मापसे विरुद्धको कारबाहीमा

<span class='c1'>नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा</span> <span class='c2'>१७ हजार चालक मापसे विरुद्धको कारबाहीमा</span>

भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ ।

आइतबार राती मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरु मध्ये अधिकांश महिला रहेका छन् ।

दिल्ली प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएकाहरुलाई चेकजाँच गर्नका लागि दिल्लीका सडकहरुमा व्यवस्थापकीय तयारी कडा गरेको थियो ।

प्रहरी अधिकारीहरुका अनुसार नयाँ दिल्लीका ४३३ ठाँउमा बसेर प्रहरीले चेक जाँच गरेका थिए भने मादक पदार्थ प्रयोगबारे जाँच गर्ने झण्डै १२५ वटा परिक्षण यन्त्र समेत प्रयोग गरिएको थियो ।

प्रहरीले रातभरी नै चेकजाँच गरेको दिल्ली प्रहरीका वरिष्ठ प्रहरी अधिकारी दिपेन्दर पाठकले जानकारी दिनुभयो । कारबाही भोग्नेमा पुरुष भन्दा महिला बढी भएको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “ट्राफिक नियम कुनै लिङ्ग विषेश विरुद्ध छैन ।”

“हामीले मध्यरात भन्दा अगाडी सम्ममा ७४५ जनालाई कारबाही गरेका थियौं भने मध्यरातपछि एक हजार सात जनालाई कारबाही ग¥यौ,” पाठकले थप्नुभयो ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएकोमा कारबाही भोग्नेमध्ये ९० प्रतिशत भन्दा बढी युवा रहेका पाइएको छ । उनीहरु पनि विषेश गरेर महिला नै रहेको प्रहरी श्रोतले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रबृत्तिसँग सडक दुर्घटनाको पनि प्रत्यक्ष सम्बन्ध रहेकाले दिल्ली प्रहरीले कडाई गर्न थालेको छ ।
प्रहरीले सवारी साधन चलाउन मादक पदार्थ सेवन गर्नेलाई लामो समय जेल सँजाय र धेरै रकम तिराउने दण्ड सँजायको पनि व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्