केबिआरयु गोल्डकपमा आयोजक अगाडी

<span class='c1'>केबिआरयु गोल्डकपमा</span> <span class='c2'>आयोजक अगाडी</span>

बिराटनगर, ५ चैत । शसस्त्र प्रहरीको एपीएफलाइ पराजित गर्दै आयोजक सगरमाथा युथ क्लब मोरङ्गको बिराटचौकमा जारी तेश्रो केबीआरयु कन्दङ्गवा स्मृती गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । एपीएफलाइ २–० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनल प्रबेश गरेको हो । सगरमाथाका तर्फबाट बिशाल राइ ए र दिपक राइले १÷१ गोल गरेका थिए भने एपीएफले गोल गर्ने थुप्रै अबसर गुमाएको थियो । आजको खेलको म्यान अफ द म्याच सगरमाथाका बिशाल राइ ए घोषीत भए । आजको खेलमा सगरमाथाका तर्फबाट ए डिभिजन मछिन्द्र क्लब काण्ठमाण्डौका का ६  सहित ९ जना खेलाडी सहभागि भएकाले पनि खेल रोचक बनेको थियो । प्रतियोगिता अन्तर्गत भोली अन्तिम सेमीफाइनल
खेलमा हिमायन शेर्पा क्लब र काठमाण्डौको रानीपोखरी कर्नर टिम आरसिटीबिच प्रतिष्पर्धा हुनेछ । गत चैत १ गतेदेखी शुरु भएको प्रतियोगितामा बंगलादेशका एक र नेपालका सात वटा गरी आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल चैत ८ गते हुने आयोजकले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्