चरित्र हत्या गर्न खोजेको आरोप

<span class='c1'>चरित्र हत्या गर्न</span> <span class='c2'>खोजेको आरोप</span>

उर्लाबारी/ जनस्वमंसेवक ब्यूरो परिचालन समिति र  एकिकृत नेकपा माओबादीले आइतबार बिज्ञप्ती प्रकाशन गरी एकिकृत नेकपा माओबादीका भातृ संगठन जनस्वयंसेवक परिचालन व्यूरो उर्लाबारी नगर समितिका अध्यक्ष  सुशन लिम्बुको चरित्र हत्या गरी अनावश्यक रुपमा पार्टीको बदनाम गर्न खोजीरहेको आरोप लगाएका छन् ।
सामाजिक कार्यमा क्रियाशिल भईरहेको अवस्थामा एक दैनिक पत्रिकाले गत चैत्र ९ गते प्रकाशित “चोरीको बाइक सहित सुसन पक्राउ” भन्ने समाचारप्रति खेद समेत प्रकट गरेको गरेका छन् । राज्यको चौथो अंगका रुपमा रहेको सञ्चार क्षेत्रले पुष्टि बेगर समाचार प्रकाशित गर्नु आफैंमा दुःखद भएको र सत्य तथ्य रुपमा समाचार प्रकाशन गर्न समेत बिज्ञप्तीमा आग्रह गरिएको छ । सो समाचारप्रति सिङ्गो पार्टी र जनस्वयंसेवक परिचालन ब्यूरोको तर्फबाट खेद प्रकट गर्दै सञ्चार क्षेत्रलाई सत्य तथ्य रूपमा समाचार प्रकाशन गर्नका लागि विज्ञप्ती मार्फत् आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ   – इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख सुनिल दाहालले सामाजिक क्षेत्रमा क्रियाशिल भईरहेको अवस्थामा पटक पटक अनावश्यक रुपमा दुःख दिने कार्य गरेको र अव यस्ता फेरी गतिविधि भए जनस्वयंसेवक परिचालन व्यूरो समिति र पार्टीद्वारा कडाभन्दा कडा आन्दोलन गर्न वाध्य हुनेछौं ।  ब्यूरोका नगर अध्यक्ष सुसन लिम्बु, पार्टीका जिल्ला सदस्य तथा ब्यूरोका मोरङ क्षेत्र नं. १, २ र ९ का कार्यवहाक अध्यक्ष समिर कुईकेल र पार्टीका मोरङ क्षेत्र नं. ९ का सह–इन्चार्ज राजेन्द्र पौडेलको संयुक्त हस्ताक्षर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्