सुम्निमा बोर्डिङ स्कूलमा चित्रकला सामाग्रीहरु प्रर्दशनी

<span class='c1'>सुम्निमा बोर्डिङ स्कूलमा</span> <span class='c2'>चित्रकला सामाग्रीहरु प्रर्दशनी</span>

विराटनगर, १६ फागुन ।
विराटनगरमा रहेको सुम्निमा बोर्डिङ स्कूललमा चित्रकला तथा हस्तकलाको सामाग्रीहरु प्रर्दशनी गरिएको छ ।स्कूल परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुले बनाएको सामाग्रीको प्रर्दशनी गरिएको हो ।
कक्षा पाँचसम्म अध्ययरत विद्यार्थीहरुले आफैले बनाएको कलात्मक, चित्रकला, हस्तकलाको सामाग्रीको साथै विज्ञानसँग सम्बन्धि सामाग्रीहरु समेत प्रर्दशनीमा राखेका थिए । प्रदर्शनीमा राखिएको समाग्रीको अवलोकन आफ्नो अभिभावक, सहभागि अतिथि, स्कूलका शिक्षकहरुले अवलोकन गर्दा बालबालिका खुसी भएका थिए ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रर्दशनी गरेको स्कूलका प्रिन्सिपल सीतला सुब्बाले जानकारी दिनुभयो । ‘यस्तो प्रर्दशनीले विद्यार्थीहरुमा क्षमताको अभिवृद्धी हुन्छ,’ प्रिन्सिपल सुब्बाले भन्नुभयो, ‘यस्तो कार्यक्रम अक्तिरिक्त क्रियाकलापको रुपमा राख्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्