मुनामदन नाटक बंगलादेशमा पनि मञ्चन हुने

<span class='c1'>मुनामदन नाटक बंगलादेशमा</span> <span class='c2'>पनि मञ्चन हुने</span>

विराटनगर, २० फागुन ।
अधिकांश दर्शकको आँसु खसाल्न सफल मुनामदन छिट्टै बंगलादेशमा पनि मञ्चन हुने भएको छ । सार्क कल्चरल सोसाइटीको अग्रसरतामा मुनामदनलाई बंगलादेश लैजाने योजना बनाइएको हो । तयारीका लागि सोसाइटीका नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र गुरागाईं चैत १०–११ गते बंगलादेश जाने जनाइएको छ । दर्शकबाट अत्यधिक रुचाइएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक सोमबार तीनवटा अतिरिक्त शो मञ्चन हुने भएको छ । विराटनगरस्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटक घरमा बिहान सवा १०, पैने १२ र साढे १ बजे तीनवटा शो मञ्चन हुन लागेको हो । दर्शकबाट अधिक रुचाइएपछि अतिरिक्त शो मञ्चन गर्न लागिएको प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो ।
तीनवटै शो बुक भइसकेको छ । सर्वसाधारण दर्शकमात्रै होइन प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, सामाजिक विकासमन्त्री जीवन घिमिरे, महानगरपालिकाका मेयर भीम पराजुलीलगायतको आँसु झार्न सफल नाटक मञ्चन अत्यन्तै सफल भएको उहाँले जानकारी दिनुभयो । सोमबारका लागि तीनवटै शोका लागि अग्रिम बुकिङ भइसकेको उहाँको भनाई छ ।
नाटकले सफलता प्राप्त गरिसकेकाले आगामी भदौमा पनि मुनामदन पुनः मञ्चन गरिने नाट्य संयोजक कमल पोखरेलले बताउनुभयो । मुनामदन संग्रहको नाट्य रुपान्तरण तथा संवाद लेखन युवासाहित्यकार कट्वाल दीपकले गर्नु भएको हो ।
सुदीप कार्कीले निर्देशन गरेको नाटकमा लकेश दंगाल, सरु कटुवाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सन्जित राई, विकेक आचार्य र लकेश राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्