बिराटनगरमा शैक्षिक मेला हुदै , बिदेशी १५ शैक्षिक सस्थाको उपस्तिथी हुने

<span class='c1'>बिराटनगरमा शैक्षिक मेला हुदै , बिदेशी</span> <span class='c2'>१५ शैक्षिक सस्थाको उपस्तिथी हुने</span>

विराटनगर फाल्गुन २८, डल्फिन एजुकेशन बिराटनगरको आयोजनामा विदेश गएर उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जानकारी मुलक शैक्षिक मेला बिराटनगरमा हुने भएको छ । 'अष्ट्रेलिया एन्ड न्युजियलेन्ड एडुकेशन फेयर २०१८ नामक' उक्त शैक्षिक मेला यहीँ चैत १ गते विराटनगरस्थित नमस्कार होटलमा ११ बजेदेखि ५ बजे सम्म हुने डल्फिन एजुकेशन बिराटनगरका प्रमुख प्रमोद श्रेष्ठले बताउनुभयो ।

अस्ट्रलिया र न्युजिल्याण्डका १५ शैक्षिक संस्था तथा बिदेशी परामर्शदाताको पनि उपस्तिथी रहने तथा उक्त कार्यक्रममा आउने बिद्यार्थीहरुलाई बिभिन्न छुटको पनि प्रबन्ध गरिएको श्रेष्ठले बताए। विदेश जाने विद्यार्थीहरुको लागि सहि मार्गनिर्देशन दिन उक्त कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार यसै गरि शैक्षिक मेलामा सहभागी हुने विदेशी शैक्षिक संस्थाहरूले छात्रवृत्तिकाे समेत प्याकेज लिएर अाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्