स्थानीय तहको मनपरी निर्णयले खोप कार्यक्रम प्रभावित बन्दै,प्राविधिक बिषयमा समन्वयको अभाव

<span class='c1'>स्थानीय तहको मनपरी निर्णयले खोप कार्यक्रम</span> <span class='c2'>प्रभावित बन्दै,प्राविधिक बिषयमा समन्वयको अभाव</span>

सुमन सुस्केरा
विराटनगर, ४ चैत ।
स्थानीय तहले मनपरी निर्णय गर्दा खोप कार्यक्रम प्रभावित हँुदैछ । ‘पछिल्ला दिनहरुमा गाउँपालिकाहरुले सम्बन्धित बिशेषज्ञहरुसँग समन्वय नै नगरि औषधि खरिद गर्न थालेका छन् । त्यसले केहि समय पछि ठुलो असर पार्ने देखिन्छ ।’ जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबहादुर केसीको यो भनाई सुनी रहँदा अब जनस्वास्थ्यबाट हुने काम सबै स्थानीय तहले गर्न थालेको जस्तो देखिएपनि प्राबिधिक समस्या देखिन थालेको छ । अर्ध बर्षिक÷बार्षिक कार्यक्रमको समिक्षा गर्न पुर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले विराटनगरमा आयोजना गरेको समिक्षा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरुले स्थानीय तहको काम प्रभावकारी हुन नसकेको गुनासो गरे । डा. केसीले भन्नुभयो, एकैचोटी हस्तान्तरण गर्दा त्यसको असर तत्कालै देखि देखिन थालेको भएपनि यसको पछिको असर भयावह हुनेछ ।’ अहिलेको स्थानीय तहमा हेल्थपोष्टमा रहेका साथिहरुले स्वास्थ्य संयोजकको रुपमा काम गरिरहेकोले उहाँहरुलाई पनि स्थानीय तहले वेवास्ता गर्दै आफुखुसी औषधि खरिद गरेको उहाँको आरोप छ । एउटा कार्यकारी अधिकृत र गाउँ पालिकाका अध्यक्षलेले संबेदनशिलताको ख्यालै नगरी औषधि खरिद गर्ने गरेको गुनासो गाउँ तथा नगरपालिकाहरुबाट आउने गरेको सुनाउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्द गौतमले प्राविधिक बिषयहरु धेरै भएकोले प्राबिधिक बिषय प्रशासकिय ब्यक्तिबाट हुँदा त्यसको प्रभावकारीताको बिषयमा प्रश्न उठेको बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयबाट कार्यक्रम गर्दा नै समस्या देखिँदै आएकोमा सबै स्थानीय तहमा विज्ञता भएको ब्यक्ति नहुँदा जनताको पहिलो आबस्यकता स्वास्थ्यको बिषयमा गम्भीर प्रश्नहरु आउन थालेको उहाँको भनाई छ। नेपाल सरकारले औषधि खरिदका लागि स्थानीय तहलाई रकम पठाएको छ । जिल्ला अस्पतालहरुबाट ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका र हेल्थपोष्टबाट ३५ प्रकारका औषधि निःशुल्क बितरण हुँदै आएको छ । औषधिमा मात्र हैन अन्य बिषयमा पनि प्राबिधिक बिषय समस्याको रुपमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरुको भनाई छ ।
खोप सुरक्षामा समस्या
नेपालमा ३ अर्ब बढीको भ्याक्सिन बार्षिक आयात हुँदै आएको छ । त्यो विभिन्न परिमाणमा फरक फरक रोगका लागि आउने भ्याक्सीनहरुमा रहेको स्वास्थ्य मन्त्रालय वालस्वास्थ्य महाशाखाले जनाएको छ । वाल स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र घिमिरेले भ्याक्सिन सुरक्षाको कामा ४ तहमा हुँदै आएकोमा त्यो पनि समस्याको रुमा रहने देखिएको छ । केन्द्रिय भ्याक्सिन स्टोर, ६ वटा क्षेत्रीय भ्याक्सिन स्टोर, हरेक जिल्लामा ७५ वटा जिल्ला स्थीत कोल्ड स्टोर र गाउँ तहमा पु¥याउन १ सय ४७ वटा सब भ्याक्सिन स्टोरहरु मार्फत गाउँगाउँमा भ्याक्सिन पुग्ने गरेका छन् ।
जिल्ला तहका भ्याक्सिन स्टोहरु पनि ब्यवस्थित हुन नसकेको अबस्थामा सबै स्थानीय तहमा भ्याक्सिन स्टोरेजको ब्यवस्थापन चुनौती रहेकोले बच्चा पेटमा हुँदा देखि नै आबस्यक पर्ने खोपको बिषय चुनौतीपुर्ण रहेको भन्दै त्यसको भण्डारणको बिषय गाह्रो रहेको बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले बताउनुभयो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जिल्ला तहसम्म ब्यवस्थापन गरिएको भएपनि अब स्थानीय तहमा समस्याको रुपमा रहेको उहाँको भनाई छ । बाल स्वास्थ्य महाशाखाका अनुसार ‘अहिले देखि नै यस बिषयमा गम्भीरताको साथ नलिने हो भने नेपालमा आमा र बच्चाको मृत्युको बिषय भयाबह हुने छ ।’
मन्त्रीको चासो
देश संघिय संरचनामा गएर प्रदेश सरकारले पनि काम अघि बढाईसकेका छन् । तर मन्त्रालय स्तरबाट भएको बार्षिक तथा अर्ध बार्षिक समिक्षामा १६ जिल्लाका जनस्वास्थ्य प्रमुखहरुको सहभागिता थियो । क्षेत्रीय स्तरमा कार्यक्रमको समिक्षा भएको हो । प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनस्वास्थ्य अधिकृतहरुबाट आएको बिषयलाई गम्भीर रुपमा लिएको बताउनुभयो । उहाँले सबै संरचनाहरु स्थानीय तह, प्रदेश र संघको रुपमा रहेकोले स्थानीय तहमा समस्या आयो भन्नुभन्दा पनि अब समस्याको समाधान गर्ने उपाय सहित कसरी अघि बढ्दा नागरिकले सेवा पाउँछन् त्यही अनुसार योजना बनाएर अघि बढ्नु पर्ने बताउनुभयो । ‘स्थानीय तहमा जाँदा खोप कार्यक्रम प्रभावकारी नहुने देखियो के गर्दा प्रभावकारी हुन्छ, मन्त्री घिमिरेले प्रश्न गर्नुभयोे, के गर्दा प्रभावकारी हुन्छ तत्काल बसेर छलफल गरौँ ।’ एक नम्बर प्रदेश सरकारले चैत ७ गते देखि ऐन बनाउने क्रम शुरु गर्ने भएकोले सहजताको लागि के गर्न सकिन्छ त्यसमा प्रदेश सरकार गम्भीर भएर लाग्ने मन्त्री घिमिरेको भनाई छ । सामाजिक मन्त्रालयको तर्फबाट सबै जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट त्यहाँको अबस्थाको बारमो विवरण माग्ने काम भईरहेकोले समस्या र समाधानको उपाय सहितको जानकारी मन्त्रालयमा पठाउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्