सौता सौताबीचको झगडामा घरमा आगो लगाउँदा बालबालिकाको ज्यान गयो

<span class='c1'>सौता सौताबीचको झगडामा घरमा आगो</span> <span class='c2'>लगाउँदा बालबालिकाको ज्यान गयो</span>

रामेछाप, चैत ५ । रामेछापमा घरायसी विवादले उग्र रुप लिंदा दुई बालबालिकाको ज्यान गएको छ । सौता सौताबीचको झगडा बढ्दै गएपछि खाँडादेवी गाउँपालिका ६ पन्नेचौर निवासी तारा केसीले आइतबार राती घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा बिपिन र ३ वर्षकी छोरी रमीताको जलेर ज्यान गएको हो ।

केही समयअघि केसीका श्रीमान दिलबहादुर खत्रीले कान्छी श्रीमती ल्याएका थिए । कान्छी श्रीमती ल्याएपछि श्रीमानले हेलाँ गरेको भन्दै विवाद बढ्दा दुखद घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न तारा केसी र उनका श्रीमान दिलबहादुर केसीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्