अर्जेटिनाकाे नाटक बिराटनगरमा, मान्द्रागोरा सर्कस लिएर अाउदैछ विश्व घुमिरहेकाे टाेली

अर्जेटिनाकाे नाटक बिराटनगरमा,  मान्द्रागोरा सर्कस लिएर अाउदैछ विश्व घुमिरहेकाे टाेली

बिराटनगरको आरोहण गुरुकुलमा यहि मंगलबार अर्थात चैत्र ६ गते बेलुका ५ बजे अर्जेनटिनाको मान्द्रागोरा सर्कस मंचन हुने भएको छ । बिभिन्न देशहरुमा देखाईसकिएको उक्त सर्कस बिराटनगरमा पनि हुन लागेको हो । बिना डाईलग देखाईने यस नाटक सबै उमेर समुहले रुचाउने नाटक भएपनि बच्चाहरुका लागि बिशेष नाटक हुन सक्ने अायाेजककाे दाबी छ । याे नाटक टाेली यहि एक नाटक लिएर विश्वभरीकाे यात्रामा निस्किएकेा छ ।

अर्जेनटिनि कलाकार मरियाना सिल्भा र जुन क्रुज ब्राकामोन्टे द्वारा अभिनय गरिने यस नाटकको समय ५५ मिनेट रहनेछ। शरिरलाई आवश्यक्ता अनुसार कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा उनिहरुको प्रस्तुतिले देखाउने छ । बिना संवाद प्रस्तुत हुने यस नाटकलाई अर्जेन्टिनाको मान्द्रागोरा सर्कस कम्पनिले निर्माण गरेको हो । यस नाटकको स्थानिय आयोजक आरोहण गुरुकुल बिराटनगर र हामी युवा रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्