सशस्त्र प्रहरी भएको र जागिर लगाइदिने भनेर रकम असुल्ने युवती पक्राउ

<span class='c1'>सशस्त्र प्रहरी भएको र जागिर लगाइदिने</span> <span class='c2'>भनेर रकम असुल्ने युवती पक्राउ</span>

काठमाडौं । आफू सशस्त्र प्रहरी भएको र जागिर लगाइदिन्छु भन्दै रकम असुल गर्ने एक युवती पक्राउ परेकी छिन् । सशस्त्र प्रहरीको बर्दीमा फोटो खिचेर आफूलाई प्रहरी भएको बताउने मञ्जु बुढाथोकीलाई काठमाडौं तारकेश्वरबाट पक्राउ गरिएको हो । सिन्धुपाल्चोक स्थायी घर भएकी मञ्जुले आफ्नो नाम कोपिला बोहरासमेत बताउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए ।

उनले आफूलाई सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुँ र सशस्त्र प्रहरी बलको विभिन्न पदमा जागीर लगाइदिन्छु भन्दै पाँच जनाबाट रकम लिएकी थिइन् । प्रहरीका अनुसार पीडितहरु आउने क्रम जारी छ । उनले दैलेखकी राधा शाहीसँग १ लाख ४५ हजार, सिन्धुपाल्चोककी रेणुका भण्डारीसँग ५० हजार, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार र मिना सुनारसँग १९ हजार रुपैयाँ लिएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्