विराटनगर जुटमिल रिपोर्ट भाग १ः जुटमिलको सुरक्षा भगवान भरोसे, बन्द भएपछि सुरक्षा गार्ड मात्र !!

<span class='c1'>विराटनगर जुटमिल रिपोर्ट भाग १ः जुटमिलको सुरक्षा भगवान</span> <span class='c2'>भरोसे, बन्द भएपछि सुरक्षा गार्ड मात्र !!</span>

विराटनगर, ५ चैत ।
नेपालकै जेठो विराटनगर जुट मिलको अबस्था कहाली लाग्दो छ। २०७४ मंसिर १० गते मात्र १० हजारलाई रोजगारी दिने उदेश्यका साथ संचालनमा आएको जुटमिल बन्द अबस्थामा पुगेको हो । गत फागुन ३ गते देखि जुट मिल बन्द अबस्थामा छ । अहिले जुटमिलमा कर्मचारी पाउनै मुस्कील पर्छ । केही कर्मचारीहरु भेटिएपनि उनिहरु केही बोल्नै चाहँदैनन् । मिल बन्द भएको लामो समय भईसकेको छ । तर संचालक समिती काठमाण्डौमा छन् । कर्मचारी नभएको बेला गेटमा बसेका सुरक्षा गार्ड बाहेक चरो मुसो पाउन गाह्रो छ। जुटमिलको मुलगेटमा भेटिनु भएकी सुरक्षा गार्ड निर्मला अधिकारीले अगाडी कार्यालय देखि पछाडीको भागसम्म सबै एक्लैले हेर्दा समस्या हु्ने गरेको बताउनुभयो ।

‘एक्लै अगाडी बस्दा पछाडीबाट केही सामान हरायो की भन्ने तनाव हुन्छ, पछाडी जाँदा अगाडीबाट कोही भित्र पस्यो की भन्ने हुन्छ, उहाँले भन्नुभयो, एक्लैले काम गर्नुपर्दा समस्या हुन्छ ।’ बिहान ६ बजे आउनु भएकी उहाँले दिउँसोको २ बजे सम्म साईकलमा चारैतिर दौडिएर सुरक्षा गर्नुहुन्छ । उहाँले भन्नुभयो, एक्लैले साईकलमा भित्र बाहिर सबैतिर हेर्नुपर्छ । जुटमिल बन्द भएपनि सेक्युरिटी बढाउने हो भने जुटमिलको सुरक्षा बलियो हुने उहाँको भनाई छ।
जुटमिल भित्र रहेका सामान सुरक्षाको अगाडी मुल गेटमा एक जना र बाहिरी सुरक्षाको लागि एकजनाको भरमा झण्डै ६८ बिगाहा क्षेत्रफलमा रहेको जुटमिलको सुरक्षा गर्दा असजिलो हुने गरेको सुरक्षा गार्डका हवल्दार टेक बहादुर बानियाँले गुनासो गर्नुभयो । सुरक्षाको ब्यवस्थाको लागि केही असजिलो भएपनि दिउँसो २ जना र राती २ जनाले मात्र सुरक्षा दिनको लागि आलोपालो गर्दै आएका छन् । सुरक्षाकर्मी थप्ने बिषयमा जुटमिलका प्रशासन अधिकृत तारानाथ तिम्सिनाले जुटमिल नै बन्द भर्ईसकेको अबस्थामा हामीले तलाव खान नपाएको एक बर्ष भईसक्यो सुरक्षागार्ड थप्नै नसक्ने प्रतिक्रिया दिनुभयो ।

(जुटमिल सम्बन्धि बिस्तृत समाचार भाग २ मा पढ्न सक्नुहुने छ । )

रिपोर्ट : प्रेम देवान / सुमन सुस्केरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्