युवती बेच्न भारत लैजान लाग्दा एक भारतीय नागरिक पक्राउ

<span class='c1'>युवती बेच्न भारत लैजान लाग्दा</span> <span class='c2'>एक भारतीय नागरिक पक्राउ</span>

नवलपरासी । पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लाग्न लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय ध्रुव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरी नब्या कलवारलाई ललाइफकाइ भारततर्फ लैजान लागेको अवस्थामा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् ।

पक्राउ परेका हरिजन बालिकाको घरमा दिनहुँजसो मदिरा सेवनका लागि आउने गर्थे । मदिरा सेवनका नाममा दिनहुँ बालिकाको घरमा आएर चिनजान बढाएपछि मामाघर लैजाने भन्दै मिठाइ दिएर साइकलमा राखेर भारततर्फ लैजान लागेको बालिकाका अभिभावकको आरोप छ ।

बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए । आवतजावत गर्ने यात्रीहरुको उपस्थिति नदेखेपछि बालिकालाई त्रास देखाउँदै आफ्नो गाउँतर्फ लैजानेक्रममा स्थानीयवासीले फेला पारेर प्रहरीलाई बुझाएका थिए ।

आरोपित हरिजनलाई इलाका प्रहरी कार्यालयमा बेलाटारीमा राखेर छानवीन थालिएको बेलटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवसिंह थापाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्