प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे चढेको गाडीलाई लक्षित बम बिस्फोट

<span class='c1'> प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री</span> <span class='c2'>जीवन घिमिरे चढेको गाडीलाई लक्षित बम बिस्फोट</span>

विराटनगर, ११ चैत– प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे चढेको गाडीलाई लक्षित गरी मोरङमा बम बिस्फोट गराइएको छ । मन्त्री घिमिरे चढेको बा२झ १९४७ नम्बरको गाडीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो ।

कार्यक्रममा सहभागी हुन बिराटनगरबाट उर्लाबारी जाने क्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी शनिश्चरे नगरपालिकाअन्तर्गत पर्ने जंगलमा मन्त्री घिमिरेको गाडीमाथि बम प्रहार गरिएको थियो । मन्त्री घिमिरेको गाडीभन्दा २०० मिटर अगाडि राजमार्ग छेउमा बम बिस्फोट भएको थियो । अाइतवार विहान १० बजेतिर भएकाे बिस्फोटबाट कुनै मानवीय र भौतिक क्षति नभएको मन्त्रीका स्वकीय सचिव शुसान्त बज्नाराले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्