श्रीमान्–श्रीमती नै ‘यौनदलाल’, श्रीमान् ग्राहक खोज्ने, श्रीमती केटी मिलाउने

<span class='c1'>श्रीमान्–श्रीमती नै ‘यौनदलाल’, श्रीमान् ग्राहक</span> <span class='c2'>खोज्ने, श्रीमती केटी मिलाउने</span>

काठमाडौं । पछिल्लो एक महिनामा प्रहरीले काठमाडौंबाट दैनिक औषतमा ५० जनाभन्दा बढीलाई होटलहरुबाट पक्राउ गरिरहेको छ । तीमध्ये कतिपय अनैतिक क्रियाकलापमा संग्लन पनि भेटिएका छन् ।

काठमाडौंमा यौनधन्दाका नयाँ–नयाँ शैली र प्रयोगहरु पनि भेटिएका छन् । कतिपय स्थानमा त कोठी नै सञ्चालन गरेर ‘भिआइपी’ यौनअड्डा खोलेको प्रहरी निष्कर्ष छ । झण्डै २ महिनाअघि महानगरीय प्रहरी वृत्त कमलपोखरीले एक कोठीबाट ७ जना युवती र केही व्यापारीहरुलाई समातेको थियो । समातिएकामा केही व्रिटीश आर्मी पनि थिए ।

नयाँ बसपार्कमा भने यौन व्यापारमा श्रीमान्–श्रीमती नै संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर महाराजगन्जका डिएसपी योगेन्द्रसिंह थापाका अनुसार यौन व्यापारमा ब्रोकरको रुपमा काम गर्दै आएका सिराहाका २४ वर्षीय श्यामप्रसाद यादव र सुर्खेतकी २१ वर्षीया जमिउल खातुनलाई पक्राउ गरिएको छ ।

नयाँ बसपार्कस्थित एक होटलबाट पक्राउ परेका उनीहरुले केटी मिलाउने काम गर्दै आएका थिए । यसका लागि श्रीमान् श्यामप्रसाद यादवले केटा ग्राहक खोज्ने र श्रीमती खातुनले रेटअनुसार युवती मिलाउने र कमिसन खाने काम गर्दै आएका थिए । उनीहरुले काठमाडौंमा डेरा गरेर दैनिक यौन व्यापारका लागि ब्रोकरको रुपमा काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए । श्रीमान्–श्रीमतीको यो समूहले केटा र केटी मिलाइदिएबापत कमीसन खाँदै आएका थिए ।

एक पीडित युवतीको जाहेरीपछि उनीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखनविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्