विराटनगर, १७ चैत । विराट गोल्डकप फुटवल प्रतियोगिताको पाँचौ संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगरको सहिद मैदानमा आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ६ बजे देखि शुरु हुने तयारी छ । आजको उद्घाटन खेलमा अयोजक मोरङ ११ र थिम्पु फुटवल क्लव भुटान भिड्दैछन् ।
प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । नेपाल वाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब कलकत्ता प्रतियोगितामा सहभागी हुने छ । मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस क्वल, नेपाल आर्मी क्लब, संकटा क्लब, झापा–११ र मोरङ–११ गरी आठ वटा फुटबल टिमले भाग लिने विराट गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटनको अवसरमा १२ वर्ष मुनिका ५० खेलाडीसँग राष्ट्रिय स्तरका खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार राशिको नगद पुरस्कार सहित कप प्राप्त गर्ने छ । प्रत्येक दिनहुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कार सहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकल सहित पदक प्रदान गरिने रिजालले बताउनुभयो ।
प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार राशिको पुरस्कार प्रदान गरिने जनाईएको छ । विराट गोल्डकप पहिलो पटक दिवा एवं रात्रीकालिन समयमा संचालन गर्न लागिएको हो ।