नोबेल अस्पतालमा चिरफार नगरी दुरबिनबाट गरियो मस्तिष्कभित्रको ट्युमरको सफल शल्यक्रिया

<span class='c1'>नोबेल अस्पतालमा चिरफार नगरी दुरबिनबाट</span> <span class='c2'>गरियो मस्तिष्कभित्रको ट्युमरको सफल शल्यक्रिया</span>

विराटनगर । केही दिनअघि मस्तिष्कभित्रको ट्युमरको शल्यक्रिया गराएका सुनसरीको इनरुवा–१० का ३८ बर्षीय हारुन अन्सारीलाई अहिले शल्यक्रिया गरिएको जस्तो कुनै आभास नै छैन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गराएका अन्सारी शल्यक्रियापछि पनि सहज रुपमा हिड्दै घर फर्किए ।    नोबेलले चिरफार नगरी दुरबिनको माध्यमबाट सफल शल्यक्रिया गरेपछि अन्सारीलाई सहज भएको हो । नाकको प्वालबाट इण्डोस्कोपी छिराएर दुरविनको माध्यमबाट विना चिरफार ‘पिट्विटरी ग्राल्न्ड’ को सफल शल्यक्रिया गरिएको नोबेल अस्पतालका न्यूरो सर्जन डा.प्रकाश काफ्लेले बताए । ‘चिरफार गर्दा धेरै समस्या हुनसक्छ ।’ डा.काफ्ले भन्छन्–‘नयाँ प्रबिधि अनुसार दुरविनको माध्यमबाट शल्यक्रिया गरिएकाले विरामीलाई सहज भएको हो ।’ नोबेल अस्पतालका डा.आईपी चेरियन, डा.प्रकाश काफ्ले, डा.विनोद फेलेक्स लगायत चिकित्सकको टोलीले अन्सारीको मस्तिष्कभित्रको ट्युमरको सफल शल्यक्रिया गरेको हो ।

शल्यक्रिया पश्चात उनको दैनिकी सामान्य रुपमा बित्दै आएको छ । बैदेशिक रोजगारीका लागि साउदी गएर विदामा फर्किएका अन्सारी शल्यक्रियापछि अव पुनः बैदेशिक रोजगारीमा जादैछन् । चिरफार गरेर शल्यक्रिया गर्दा धेरै समस्या हुने भए पनि दुरबिनको माध्यमबाट शल्यक्रिया गर्दा कुनै समस्या नदेखिएपछि विरामी र विरामीका आफन्त खुःशी छन् । ‘अप्रेशन गरेपछि गाह्रो हुन्छ होला भनेर डर लागेको थियो ।’ शल्यक्रियापछि अन्सारीले भने ‘अहिले अप्रेशन गरेजस्तो लागेकै छैन, सोचेभन्दा धेरै राम्रो उपचार नोबेलमा पाएँ ।’

दुरविनको माध्यमबाट गरिने शल्यक्रिया विरामीका लागि धेरै लाभदायी रहेको बताउँदै नोबेल अस्पतालका न्यूरो सर्जन डा.काफ्लेले भने ‘दुरविनबाट शल्यक्रिया गर्दा छिटो हुने, रगत धेरै खेर नजाने, विरामी लामो समय अस्पताल बस्नु नपर्ने, चोट नदेखिने र कम खर्चिलो भएकाले विरामीलाई सहज हुन्छ ।’ 

दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको नोबेल अस्पतालले विश्वमै दुर्लभ र जटिल शल्यक्रिया पनि सहजै गर्दै आएको छ । जसका कारण विदेशी विरामीहरु पनि गुणस्तरीय उपचारको खोजीमा नोबेल अस्पताल आउने क्रम बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्