काठमाडौँ,चैत्र २० । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो ।
पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ । स्वचालिक मूल्य अनुसार मूल्यवृद्धि भएको निगमले जनाएको छ ।