ईटहरीको तालतलैयामा हुने महोत्सवमा ज्योती मगरलाई प्रतिबन्ध लगाईने

<span class='c1'>ईटहरीको तालतलैयामा हुने महोत्सवमा</span> <span class='c2'>ज्योती मगरलाई प्रतिबन्ध लगाईने</span>

विराटनगर, २१ चैत ।
बैशाखको पहिलो साता सुनसरीको इटहरी स्थित तालतलैमा हुन लागेका महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतीले महिला हिंसाको घटनालाइ प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुती रोक्नका लागि उनीमाथी प्रतिबन्ध लगाइने इटहरी उपमाहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन् ।
ईनरुवामा आयोजित हिंसा न्यूनिकरण सम्बन्धि कार्यक्रममा उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतीले समाजमा विकृती निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिईने बताइन । गायिका ज्योति मगरप्रति खरो रुपमा प्रस्तुत भएकी उपप्रमुख गौतमले भनिन् ‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढीरहेका छन कलाकारको नाममा समाजलाइ उत्तेजित पार्ने छुट कसैलाइ छैन ।’ गौतमले यस्ता प्रकारका महोत्सवलाइ आउदा दिनमा जिल्ला प्रशासन कार्यालयबाट समेत इजाजत नदिन प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली समक्ष आग्रह समेत गरिन् ।
उपप्रमुख गौतमसँग एथार्थ बुझ्दा उनले भनिन्, ‘कानुनी राज्यमा हिडडुल गर्ने आफ्ना नियमित कार्यगर्ने अधिकार रोक्ने कुरा हैन । कन्सर्ट गर्ने, महोत्सव गर्न अनुमती हामीले दिएका छौ । तर त्यसैको आडमा सार्बजनिक कार्यक्रममा कपडा नलगाई हिड्नुलाइ हामी स्थानीय सरकारले रोक्न लागेका हौँ ।’
ज्योती मगर एउटा ब्यक्तिलाई मात्र भन्दा पनि उछृङ्खल र अर्घनग्न कपडा लगाउने जस्ता गतिबिधिलाई नियन्त्रण गरिएन–रोकिएन भने महिला हिंसा र बलात्कारका घटना बढ्ने निश्कर्ष उपमहानगरको रहेको गौतमको भनाई छ । अंग गौतम भन्छिन्, ‘प्रदर्शन गरेर हिट हुनु पर्छ भन्ने कुरा हैन शरिर छोप्ने कपडा लगाएर जानु पर्छ भन्ने कुरा हो ।’
महोत्सव गर्ने कार्यक्रमलाई स्वीकृत दिईएको भएपनि कलाकार ल्याएर गरिने कार्यक्रमलाई अहिलेसम्म स्वीकृत नदिईएकोले यदी वडा स्तरबाट स्वीकृत दिईएको पाईएमा त्यसलाई खारेज गरिने गौतमको भनाई छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले कलाकारलाई कार्यक्रममा रोक्ने कुरा नभएको बताए । अश्लिलता र उत्तेजक नग्नतालाई नियन्त्रण गरिने बिषयमा छलफल भएको उल्लेख गरे । मैले ब्यक्तिगत रुपमा ज्योती मगरलाई चिन्दिन तर दर्शकहरुमा रुचाईएकी कलाकार हुन् भन्ने थाहाछ, प्रजिअ पराजुलीले भने, अश्लिलता प्रदर्शन नहोस् शालिनता पुर्वक कार्यक्रम होस् भन्ने हाम्रो चाहना हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्