विराट गोल्डकप : पुलिसलाई हराउँदै त्रिभुवन आर्मी सेमीफाईनल प्रवेश

<span class='c1'>विराट गोल्डकप : पुलिसलाई हराउँदै</span> <span class='c2'>त्रिभुवन आर्मी सेमीफाईनल प्रवेश</span>

विराटनगर , २२ चैत ।
विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । गएराती तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागिय टिम नेपाल पुलिस क्लब विरुद्ध टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उसले आगामी शुक्रबार रमपम झापा ११ संग प्रतिष्प्रधा गर्ने छ । निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा डिफेन्डिङ च्याम्पियन पुलिस अभागी ठहरियो । सिजनमा आर्मी र पुलिसको यो तेस्रो भेट हो । सबै खेलमा पुलिस पराजित हुन पुग्यो । आर्मीले यो वर्ष सिजनका सात वटा उपाधि जितिसकेको छ भने पुलिसले दुईवटा मात्रै जित्न सकेको छ ।
यस अघि तेस्रो झापा गाोल्डकपमा क्वाटरफाइनल र हेटौंडामा सम्पन्न सुमन बम्जन स्मृति गोल्डकपमा फाइनलमा यी दुई टिमको भेट भएको थियो । खेलअवभिर पुलिसले उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसिङ फितलो हुँदा र अन्तिममा तालमेल गुमाउँदाको फाइदा विराट गोल्डकपमा आर्मीले लियो । पुलिसले गोल गर्नका लागि पाएका आधा दर्जन राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा यस अघिका हारमा बदला लिने उसको सपमना अधुरै रहयो । चारवटा उत्कृष्ट अवसरमा आर्मी पनि चुक्दा खेल टाईब्रेकर सम्म धकेलियो ।
आर्मीको जितमा गोलरक्षक विकेश कुथुको भूमिका महत्वपूर्ण रहयो । उनले पेनाल्टी सुटआउटमा नेपाल पुलिसको एउटा प्रहार रोकिदिए । आर्मीका तर्फबाट कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, दिपक गुरुङ र विवेक बस्नेतको प्रहारले जाली चुम्यो । पुलिसका सुमन लामा र दिनेश राजवंशीको प्रहारले मात्रै पोष्टको दिशा लिन सक्यो । निरकुमार राई र मानबहादुर परियारको प्रयास असफल भयो । राईको प्रहार गोलरक्षक कुथुले रोकिदिए भने परियारको प्रहार बाहिरिंदा आर्मी भाग्यमानी टहरियो ।
खेल टाईब्रेरकमा जाने निश्चित भएपछि अन्तिम समयमा पुलिसले गोलरक्षक परिवर्तन गरेको थियो । सत्रु चौधरीका ठाउँमा मैदान प्रवेश गरेका रोशन खड्काको भूमिका सन्तोशजनक रहेन । आर्मीको पेनाल्टी सुटआउटलाई उनले नियाल्न सम्म पनि भ्याएनन् ।
घरेलु मैदान आर्मीका कप्तान भरत खवासका लागि अफापसिद्ध भयो । खेलभरी नै उनी जम्न सकेनन् । स्ट्राईकर नवयुग श्रेष्ठ पनि चम्किएनन् । डटेर नखेलिरहेका उनलाई घाइते भएपछि ५३ औं मिनेटमा विवेक बस्नेतले पालो दिनु परेको थियो ।
आर्मीका प्रशिक्षक नविन न्यौपानेले आशा गरिए अनुरुपको नतिजा प्राप्त हुन नसकेको बताए । उनले पहिलो हाफमा धेरै खेलाडी परिवर्तन गर्नु पर्दा पुलिसको दवाव झेल्नु परेको बताए । रक्षा पंक्ती र पोष्ट एट्याकलाई मात्रै ध्यान दिएर खेलाडी मैदानमा उत्रिएको बताउँदै न्यौपानेले भने, ‘सुरुमै राम्रा खेलाडी घाइते हुँदा सुरुमै जित निकाल्न सकिएन ।’ पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि नजिता निकाल्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले अन्तिम समय सम्म संघर्ष गरे पनि फिनिसिङमा समस्या आउँदा विपक्षीलाई नतिजा हात परेको बताए ।
खेलको म्यान अफदी म्याच नेपाल पुलिसका रवि पासवान घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । बिहीबार अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्