विराटगोल्डकपको पहिलो सेमिफाईनल खेलमा झापा ११ र त्रिभुवन आर्मी भिड्ने

<span class='c1'>विराटगोल्डकपको पहिलो सेमिफाईनल खेलमा झापा</span> <span class='c2'>११ र त्रिभुवन आर्मी भिड्ने</span>

विराटनगर २३ चैत ।
मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्री स्टार क्बल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ सम्म १–० गोल अन्तरले अगाडि रहेको मनाङलाई अन्तिम समयमा आएर थ्री स्टारले निराश तुल्यायो । उत्कृष्ट पुनरावगमन गर्दै खेलमा फर्किएको थ्री स्टारको जितमा विमल घर्तीमगर र विदेशी खेलाडी मार्टिनले गोल गरे ।
खेलको १९ औं मिनेटमा मनाङले अग्रता लिएको थियो । सुवास गुरुङको पासमा विशाल राईले डिबक्स भित्रबाट गरेको हाफ बाईसाईकल प्रहारले जाली चुम्दा थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले कुनै मौकै पाएनन् । पहिलो हाफ १–० को अवस्थामा सकियो ।
खेलको ७१ औं मिनेटमा विमल घर्तीमगरको पेनाल्टी सुटमार्फत भएको गोलले थ्री स्टारलाई खेलमा फर्कन मद्धत ग¥यो । मनाङका गोलरक्षक विशाल श्रेष्ठले विपक्षी खेलाडी मार्टिनलाई डिबक्स भित्र गलत ‘ट्याकल’ गरेर लडाएपछि रेफ्री श्रवण लामाले थ्री स्टारलाई पेनाल्टीको मौका दिएका थिए । त्यसमा घर्तीमगर चुकेनन् । त्यसको चार मिनेट पनि वित्न नपाउँदै थ्री स्टार २–१ ले अघि बढ्यो । ७५ औं मिनेटमा मार्टिनले गोल गर्दा थ्री स्टारको जित निश्चित बन्यो । विमलको लङ पासमा मार्टिनले हेडमार्फत उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै विजयी बनेको थ्री स्टारले आगामी शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा संकटाको सामना गर्ने छ । १० औं मिनेटमा अनन्त तामाङको हेड ‘फ्लिक’ पोष्टमाथिबाट बाहिरिंदा थ्री स्टारले अग्रता लिन सकेन । ३७ औं मिनेटमा मध्यभाग देखि एक्लै बल लिएर अघि बढेका अन्जान विष्टको प्रहार दायाँ बार हुँदै बाहिरिंदा मनाङ दोस्रो गोल गर्नबाट चुक्यो । ५८ औं मिनेटमा वान भर्सेस वानमा थ्रीस्टारका मार्टिनको प्रहारलाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले रोकिदिए । लगत्तै रुपेश केसीको प्रहार पनि गोलरक्षक श्रेष्ठको हातमा पुग्यो । ७८ औं मिनेटमा अन्जान विष्टको हेड प्रहार पोष्टमाथिबाट बाहिरिंदा मनाङले बराबरीमा आउने अवसर गुमायो । त्यस लगत्तै मध्यभागबाट एक्लै बल लिएर अघि बढेका विमल घर्तीमगर पनि वान भर्सेस वानको स्थितीमा असफल बने । ८३ मिनेटमा अन्जान विष्टको पासमा विमल रानाको हेड असफल हुँदा मनाङ पाँचौं पटक पनि थ्री स्टारसंग पराजित हुन पुग्यो । तीन महिना यता सिजनमा विराट गोल्डकप सहित मनाङले थ्री स्टारसंग पाँचौं पटक पराजय भोग्न पुग्यो । गत सोमबार मात्रै बुटवलमा सम्पन्न तेस्रो मदन भण्डारी गोल्डकपको फाइनलमा मनाङ थ्री स्टारसंग २–१ गोल अन्तरले पराजित भएको थियो । मनाङलाई १–० अन्तरले पराजित गर्दै इटहरीमा सम्पन्न मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपमा पनि थ्री स्टार विजयी बनेको थियो । बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकप र चितवनमा सम्पन्न विकास रनिङ शील्डमा पनि थ्री स्टारले मनाङलाई सेमिफाइनलमा हराएको थियो ।
बिहीबारको खेलसंगै विराट गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । यस अघि नै रमपम झापा ११, संकटा र त्रिभूवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले मनाङ र थ्री स्टारको खेललाई नेपालमा विशेष रुपले हेर्ने गरिएको बताए । ‘दुबै टिमको प्रदर्शन उस्तै रहन्छ,’ उनले भने, ‘दुबै टिमले उत्तिकै प्रदर्शन गर्ने भएकाले बढी मेहनत गर्ने टिमको पक्षमा नतिजा आउँछ ।’ केसीले मनाङका तुलनामा राम्रो प्रदर्शन गर्न सकेका कारण नतिजा थ्री स्टारको पक्षमा आएको बताए । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीले राम्रो प्रदर्शन गर्दा गर्दै पनि हार बेहोर्नु परेको बताए । ‘सामान्य अवस्थामा रेफ्रीले थ्री स्टारलाई नदिनु पर्ने पेनाल्टीको अवसर दिए,’ उनले भने, ‘खेलको ‘टर्निङ’ प्वाइन्ट नै त्यही बन्न पुग्यो ।’
खेलको म्यान अफ दी म्याच थ्री स्टारका मार्टिन घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । आजको पहिलो सेमिफाइनल खेलमा विभागिय टिम त्रिभूवन आर्मी क्लब र झापा ११ बीच प्रतिष्पर्धा हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्