बिराटनगर आएर मन्त्री पण्डित पुगे स्वामी श्रीनिवासाचार्य भेट्न अस्पताल

बिराटनगर आएर मन्त्री पण्डित पुगे स्वामी श्रीनिवासाचार्य भेट्न अस्पताल

बिराटनगर चैत्र २७ , विराटनगर १४ स्थित जतुवामा श्रीमद्भागवत महापुराणमा आएका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई आइतबार विहान १ : ४५ बजेतिर शौच गर्न निस्किएका बेला गोली प्रहार भएको थियो ।

दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको छ । आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा अहिले उपचार भइरहेको छ । 

उनलाई भेट्न आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बिराटनगरस्थित न्युरो अस्पतालमा पुग्नुभएको छ । बालसन्त स्वामी श्रीनिवासाचार्यको स्वास्थ्य अवस्था बुझ्न वहा अस्पताल पुग्नुभएको थियो । मन्त्री पण्डित संगै एमाले नेता तथा कार्यकर्ता पनि अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्