अनेरास्ववियुको एक सदस्य एक विद्यार्थी भर्ना अभियान

<span class='c1'>अनेरास्ववियुको  एक सदस्य</span> <span class='c2'>एक विद्यार्थी भर्ना अभियान</span>

काठमाडौँ- नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक एक सदस्य एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्‍याउन वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए।

अभियान सञ्चालन गर्नका लागि अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालको संयोजकत्वमा आठ सदस्यीय एक समिति गठन गरिएको छ ।
सरकारले सरकारले ‘सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ मूल नाराका साथ वैशाख १ गतेदेखि सामुदायिक विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पु¥याउनका लागि भर्ना अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत अनेरास्ववियुका केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, विश्वविद्यालय कमिटीका प्रत्येक सदस्यले एकजना विद्यार्थी अनिवार्य भर्ना गराउनुपर्ने महासचिव महरले बताउनुभयो ।

यस्तै देशभरिका उच्चमाध्यमिक, माध्यमिक र स्थानीय कमिटीले पनि एक–एक विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गराउने भएका छन् ।

संयोजक बरालले विद्यार्थी भर्ना गर्न केन्द्रीय कमिटीका सदस्य बुधबारबाटै जाने बताए।

अझै पनि प्राथमिक तहमा २.८ प्रतिशत र आधारभूत तहमा ७.७ प्रतिशत विद्यार्थी विद्यालय बाहिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्