दुवै मृगौला फेल भएका सेनिहाङको उपचारर्थ ‘यो साईनो मायाँ’ को च्यारिटी सो हुने

<span class='c1'>दुवै मृगौला फेल भएका सेनिहाङको उपचारर्थ ‘यो</span> <span class='c2'>साईनो मायाँ’ को च्यारिटी सो हुने</span>

विराटनगर ४ बैशाख ।
आर्थिक अबस्थाबाट कमजोर भएका मिक्लाजुङ २ बस्ने सेनिहाङ लिम्बुको दुवै मृगौला फेल भएपछि उनको उपचारर्थ खर्च जुटाउन नेपाली चलचित्र ‘यो साईनो मायाँ’ को विराटनगरमा च्यारेटी शो गरिने भएको छ । चलचित्रको विशेष च्यारेटी सो भोली बुधवार बिहान ९ बजे हिमालय टाकिज विराटनगरमा हुन लागेको हो । च्यारेटी शोबाट उठेको रकमबाट सेनिहाङ लिम्बुको उपचारमा खर्च गरिने जनाईएको ।
प्रेम कथामा बनेको यो चलचित्रमा प्रेम, विछोड र त्यागको कथा उल्लेख गरिएको छ । चलचित्रमा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका निर्माता रामकुमार श्रेष्ठ हुन् । चलचित्रमा कुन्दन थापा र विकेश के.शंकरको संगीत, बाबुराम नेपालीको छायांकन छ । चलचित्रको निर्देशन अरुणकुमार प्रधानले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्