प्रचण्डले मुसहर दुई बालकलाई १२ कक्षासम्म निशुल्क पढाउने

<span class='c1'>प्रचण्डले मुसहर दुई बालकलाई</span> <span class='c2'>१२ कक्षासम्म निशुल्क पढाउने</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत आज पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने भएका छन् ।

उनले बिहान ११ बजे चितवन जिल्लाको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकहरुको विद्यालयमा भर्ना गरि अभिभावकत्व ग्रहण गर्ने उनको सचिवालयले जनाएको छ ।
अध्यक्षले ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई विद्यालयमा भर्ना गर्नेछन् । दाहालको अभिभावकत्वमा दुई बालकहरुले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन् । मेघौलीको उक्त क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरहरुको बाहुल्य रहेको क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्