नक्कली धातुलाई सुन भनी बिक्री गर्ने दुई जना पक्राउ

<span class='c1'>नक्कली धातुलाई सुन भनी बिक्री</span> <span class='c2'>गर्ने दुई जना पक्राउ</span>

काठमाडौं । नक्कली धातुलाई सुन भनी बिक्री गर्ने दुई जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ सेतो गुम्बा जाने बाटोमा भक्तपुर सूर्य विनायकका राजेन्द्र थापालाई ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

“एक केजी सुनजस्तो देखिने धातुलाई सुन हो भनी भ्रममा पारेर विश्वास दिलाई सस्तोमा दिन्छु भनी २८ लाख ६० हजार लिएर बिक्री गरेपछि फरार भएका रहेछन्, अहिले पक्राउ परेका छन्,” महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन कुमार थापाले भने ।

प्रहरीले ठगी गर्ने समूहका अजय तामाङ र वनस्थलीबाट विष्णु मोक्तानलाई पक्राउ गरि अनुसन्धान जारी राखिएको उनले जानकारी दिए । उक्त घटनामा फरार कर्ण लिम्बुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्