विराटनगर, ७ वैशाख
्त्रिभुवन विश्वविद्यालयले विश्वबिद्यालय सुधारका लागि बिभिन्न नयाँ योजना अघि सार्ने भएको छ। आज विराटनगरमा आयोजना भएको कार्यक्रममा उपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले त्रिविको भिजन २०२०–३० निर्माण गर्न पूर्वाधार तयार भइरहेको बताएका हुन । उच्च शिक्षा सुधार परियोजनाको तत्वावधानमा त्रिविले गुणस्तरीय शिक्षा प्रदान गर्न अवलम्बन गरेका नीति नियम र यसको कार्यान्वयन गर्ने बारेमा योजना बनाएर अघि बढ्न लागेको जानकारी दिए । विराटनगरमा आयोजित क्याम्पस प्रमुखहरुसँगको छलफलमा उपकुलपति खनियाले नमूना विश्वविद्यालयको रुपमा संसारमा उत्कृष्ट हजारभित्र त्रिभुवन विश्वविद्यालयलाई पार्न आफ्नो कार्यकालमा प्रयत्न गरिने बताए । विश्वविद्यालयलाई सकेसम्म प्रविधिमैत्री प्रशासनमा रुपान्तरण गर्दै पेपरलेस नभएपनि लेस पेपर प्रयोग गर्ने प्रक्रियाको टेक्नोलोजिमा लैजानुपर्ने आवश्यकता रहेको औल्याए ।
कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सुधा त्रिपाठीले प्रश्नपत्र निर्माणमा परिवर्तन गर्नुपर्ने बताईन् । उनले परीक्षा सञ्चालन प्रणालीमा सुधार आवश्यक भएको भन्दै प्रश्नपत्र निर्माण तहदेखि नै अभिमुखीकरण जरुरी भएको उल्लेख गरिन् । सेमेस्टर प्रणालीले अब कक्षाकोठामा शिक्षक विद्यार्थीको उपस्थिति अनिवार्य हुने हुँदा गुणस्तरीय शिक्षाको लागि यसले मद्धत गर्ने धारणा व्यक्त गरिन् ।
प्राविधिक जनशतिm उत्पादन गर्ने खालको शिक्षाका लागि सरकारले पनि प्रयाप्त बजेट छुटाएको खण्डमा मात्र प्राविधिक शिक्षा प्रदान गर्न सकिने जानकारी दिईन् । दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेश नं १, २ र ३ अन्तर्गतका २० आंगीक क्याम्पसका प्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रममा सेमेस्टर प्रणलीको विशेषता, त्रिवि सेमेस्टर प्रणलीको अभ्यास, त्यसको सकारात्मक प्रभाव, सम्भावित चुनैति र समाधानका विषयमा छलफल हुनेछ ।