-वसुन्धरा चौहान"सुनिता "
प्रिय मैले कल्पना गरेकी
प्राण प्रिय ठानेकी
फेर्ने श्वास मानेकी
हृदयको स्पन्दन बनेकी
मैले अथाह प्रेम गरेकी मान्छे
यो जवानी नढल्दै आउँनु
वसन्त ऋतु रहँदै आउँनु
प्रिय आउँन ढिला नगर्नु
तिमी आउँदा ,,
सूर्यास्तको बेला नहोस्
हावा सुस्त चलेको नहोस्
घडीको सुइ नचल्ने
अबस्थामा नहोस्
समयले कोल्टे नफेर्दै आउँनु
प्रिय आउँन ढिला नगर्नु
प्रेमको ब्याकुलताले
पखेटा काटिएको पन्छी जसरी
छट्पटीएको
न्यानो अङ्गालो
प्रेमिल काख पाँउन टड्पिएको
मेरो मनको उपचार गर्न
प्रेमको ओखती बोकेर
प्रिया आउँन ढिला नगर्नु
सपनाको महल भत्किएर
पर्खाल चर्किएर
खम्बा टुक्रीन नपाउँदै
मैले हृदयको आँगनमा
तिम्रो लागि फुलाएको फूल
ओइलाउँन नपाउँदै
यौटा यौवनको मृत्यु भएर पनि
तिमी बस्ने मुटु
सिथिल भएर
अनेकौ चाहनाको,
रहरको
अन्त्येष्टि हुनुपू्र्व आउँनु
प्रिया आउँन ढिला नगर्नु
बिन्ती प्रिया आउँन ढिला नगर्नु
गौरादह ,झापा