कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

<span class='c1'>कोशी करिडोरको निर्माण</span> <span class='c2'>कार्य अघि बढ्यो</span>

विराटनगर, ९ वैशाख ।
पुर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मागको रुपमा रहेको कोशी करिडोरको काम अघि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग छोट्याउने गरी अघि सारिएको योजनाको ७ वटा प्याकेजमै ठेक्का स्वकिृत भएको छ । सुनसरीको चतरादेखि पाँचथरको गणेशचौक सम्म २ लेन सडक बनाउने कोशी करिडार सडक विस्तार योजना २ को पाँच प्याकेजको काम शुरु हुन लागेको हो । भने दुईवटा प्याकेज ठेक्कासम्झौता हुने चरणमा रहेको छ ।

पाँच प्याकेजको ठेक्का सम्झौता भई कार्यान्वयनमा आईसकेको आयोजनाका ईीनजनियर नारायण पौडेलले बताए । उनका अनुसार २ प्याकेजको ठेक्का स्वीकत भईसकेकाले सम्झौता मात्र हुन बाँकी छ । रु ६ अर्ब १३ करोडको ठेक्का स्वीकृत भएको उनको भनाई छ। रु.४ अर्ब ९२ करोडमा ठेक्का लागेको ५ प्याकेजमा काम शुरुहुन थालेको ईन्जिनियर पौडेलले जानकारी दिए । हालै दुई प्याकेजका लागि रु.१ अर्ब ४४ करोडको ठेक्का स्वीकृत भएकोछ। आजको उद्घोषमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्