काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहँदा दुवै पार्टीका भातृ संगठनबीच हानाहान भएको छ ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित आर-आर क्याम्पसमा आइतबार एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीबिच हानाहान भएको हो ।
अप्रिल २२ नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्ती हो । कम्युनिस्ट स्थापना दिवसको अवसर पारेर ऐमाले-माओवादी एकता हुने गत चैत्र २२ गते बसेको बसेको बैठकले घोषणा गरेको थियो । तर स्थापना दिवसको अवसरमा एकता नभई दुई पार्टीका भातृ संगठनबीच हानाहान भयो ।
प्रत्यक्षदर्शीका अनुसार नेपाल टेलिकमको सिम कार्ड वितरणको क्रममा हानाहान भएको हो। प्रत्यक्षदर्शीले भने- ‘दुबै तर्फकाले कुर्सि टिपेर हानहान हुन लागेको थियो तर नेपाल विद्यार्थी संघको साथिहरुले रोक्यो र कुर्सिले चाहिँ हानाहान हुन पाएन ।’ अखिल क्रान्तिकारीका एक नेताले भने, ‘नेपाल टेलिकमको सिम कार्ड वितरण गर्न हामीले राखेको स्टलमा एमाले निकट अखिलले आक्रमण गरेर भत्काइदिए ।’
यद्यपि, एमाले निकट अखिलले क्याम्पसभित्र नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरेर सदस्यता वितरण गरेकाले आफूहरूले बाध्य भएर स्टल भत्काउनु परेको दाबी गरेको छ । अखिल क्रान्तिकारीको स्टल भत्काइदिएपछि अखिल क्रान्तिकारी र एमाले निकट अखिलबिच केही समय झडप भएको थियो ।
यता नेकपा एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही दिनदेखि निरन्तर छलफल गरे पनि वैशाख नै गते एकताको टुगों लगाउन सकेन ।