साडे ३३ किलो सुन प्रकरण:२२ जनालाई बिराटनगरमा अनुसन्धान हुँदै, पुर्ब डिआईजी बिराटनगर झिकाईए

<span class='c1'>साडे ३३ किलो सुन प्रकरण:२२ जनालाई बिराटनगरमा</span> <span class='c2'>अनुसन्धान हुँदै, पुर्ब डिआईजी बिराटनगर झिकाईए</span>

विराटनगर, १० वैशाख
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हराएको साडे ३३ किलो सुन तस्करीको प्रकरणमा मुछिएका नेपाल प्रहरीका पुर्ब डिआईजी गोविन्द निरौलालाई विराटनगर ल्याएको छ । साडे ३३ किलो सुनसँगै सुनसँग सम्बन्धित भरिया उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका बिषयमा अनुसन्धान गर्न उनलाई बिराटनगर ल्याईएको हो ।  पक्राउ परेका पूर्व डिआइजी निरौलालाई बुद्ध एयरलाइन्समार्फत आज दिउँसो २ः३० बजे विराटनगर ल्याएको हो । निरौलालाई जिल्ला प्रहरी कार्यालय मोरङको बा. १ झ १२९१ नम्बरको प्रहरीको भेनमा राखि प्रहरी कार्यालय लगिएको थियो । निरौलालाई लिन विराटनगर विमान स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापा पुगेका थिए । निरौलालाई जिल्ला अदालत मोरङमा आजै म्याद थपगरी अनुसन्धानमा राखिएको छ । निरौलालाई गृह मन्त्रालयको छानबिन समितिले आइतबार पक्राउ गरेको थियो । तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो । निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए ।
निरौला गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए । तस्करीमा सघाएको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको थियो । तस्करीको साढे ३३ किलो सुन लुकाएको आरोपमा गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्या भएको थियो । घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाले लापरबाही गरेर तस्करलाई जोगाएको खुलेपछि गृह मन्त्रालयले छानबिन गरेको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको समितिले छानविन गर्दै आएको छ । प्रहरीले अहिले २२ जनालाई नियनत्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्