अाज महेन्द्र मोरङ क्याम्पस विराटनगरको विविए संकायको प्रशासन शाखामा बिहान ४ बजेतिर चोरी भएको छ । विविए संकायका निर्देशक एवम् प्राध्यापक नरेन्द्र दाहालका अनुसार क्याम्पस प्रशासनको गेटमा लगाईएको ६ वटा ताल्चा फुटाएर चोरी भएको छ । चोरहरुले एउटा ल्यापटप र क्यामारा चोरी गरेका छन् । क्याम्पस प्रशासनमा राखिएको सिसि क्यामारा समेत जडान गरिएको छ तर उक्त सिसी क्यामेराको तार समेत काटेको भएपनि त्यस अघि चाेरकाे भिडियाे क्यामेरामा रेकर्ड भएकेा थियाे । माक्स लगाएकाे चाेरलाइ स्पष्ट देख्न सकिने उक्त भिडियाे अावर विराटनगरले कलेजका विद्यार्थी प्रज्वल अधिकारीकाे फेसबुकबाट प्राप्त गरेकाे छ । हेर्नुहाेस् भिडियाे ।