काठमाडाैँ । पाँच विद्यार्थी सङ्गठनले निजी विद्यालयमा लागू गरेकाे शुल्क वृद्धि फिर्ता गराउन माग गरेका छन् । आज अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ र नेत्रविक्रम चन्द विप्लपका विद्र्याथी सङ्गठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दैँ शुल्क वृद्धि फिर्ता गराउन माग गरेका हुन् ।
संविधानत प्राप्त अधिकारको उपयोग गर्दै शुल्क आतङ्क बन्द गर्न ,अटेरी गर्ने हरू लाई कारबाही गर्न र सार्वजनिक शिक्षाको गुणस्तरीयता र बिस्वस्नियता वृद्धि गर्न प्रभावकारी भूमिका निर्वाहको लागि दबाब खबरदारी र ध्यानाकर्षण गराएका हुन् ।
सरकारले जारी गरेकाे संस्थागत विद्यालय शुल्क निर्धारणाकाे उल्लघंन गरेर चर्को शुल्क वृद्धि गरिरहेकाे छ । उक्त शुल्क वृद्धि अविलम्ब र्फिता गराउन माग माग गरेका हुन्। साथै चर्को शुल्क लिने विद्यालयको अनुगमन गरी मापदण्ड नपुगि सञ्चालन गरिएका विद्यालयालाई कारबाही गर्न समेत माग गरेका छन् ।
संयुक्त विद्यार्थी सङ्गठन द्वारा मुलुकभर पालिका प्रमुखहरूलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको हुँदा आ-आफ्नो क्षेत्रमा कार्यान्वयन गराउन हुन अनुरोध छ।