विराटनगरका सामुदायिक विद्यालयको राम्रा भित्रको नराम्रा कुरा, अंग्रेजीका नाममा मनोमानी

<span class='c1'>विराटनगरका सामुदायिक विद्यालयको राम्रा भित्रको</span> <span class='c2'>नराम्रा कुरा, अंग्रेजीका नाममा मनोमानी</span>

विराटनगर, १४ वैशाख ।
विराटनगरमा सामुदायिक बिद्यालयले अंग्रेजी माध्याममा पढाउन थालेको ५ बर्ष नाघेको छ । विराटनगरमा पहिलो पटक पोखरिया माध्यामिक बिद्यालयले पहिलो पटक सामुदायिक विद्यालयमा आंग्रेजी माध्याम भित्र्यायो । त्यसपछि क्रमश आए नरग्राम, सत्यनारायण, आदर्श, राधाकृष्ण अनी यो बर्ष देखि अधिकांश बिद्यालयमा अंग्रेजी माध्यामको ब्यवस्था मिलाउने तयारी भईरहेको छ ।
अहिले अंग्रृजी माध्याममा पढाउने सामुदायिक विद्यालयहरुले बिद्यार्थीको चाप बढाउन र आकर्षित गराउनको लागि बिद्यालयमा निजी बिद्यालयहरुले जस्तै बसहरु पनि किनेका छन् । ३ वटा सामुदायिक बिद्यालयमा त स्कुल बसपनि संचालित रहेका छन् । यसको कारण टाढाका बिद्यार्थीलाई ल्याउनको लागि सहज होस् भन्ने नै देखिन्छ । नरग्राम माध्यामिक विद्यालयका प्रधानाध्यापक भीम बस्नेतले भने ‘हामीसँग एउटा गाडी छ अबको केही दिनमै अर्को एउटा गाडीपनि थप्ने कुरा भएको छ ।’ अंग्रेजी माध्याम चलाएका ण्आदर्श, राधाकृष्ण, सत्यनारायण, पोखरिया, नरग्राम मध्ये नरग्राम, आदर्श र पोखरिया स्कुलहरुले बस किनेर विद्यार्थी लिन घर घरै जाने गरेका छन् । यी बिद्यालय भौतिक पुर्वाधारमा अब्बल त छन् नै विद्यार्थीकोचाप थेगिनसक्नु छ। कतिपय बिद्यालयमा एउटा गाडी छ भने कतिपयमा २ वटा गाडीसम्म रहेका छन् ।
यी भौतिक पूर्वाधारमा जतिको अब्बल छन् त्यही अनुपातमा शिक्षामा पनि अब्बल बनाउँदै लगेका छन् । तर विद्यार्थी विद्यार्थीबीचमा गरिने ब्यवहार अंग्रेजी र नेपालीमा फरक छ । ती सामुदायिक बिद्यालयमा अंग्रेजी माध्याममा भर्ना हुनको लागि परीक्षा दिएर पास भएपछि मात्र पढ्न पाईन्छ ।
यी विद्यालयमध्ये पनि पोखरीया माध्यामिक बिद्यालय अहिले सबैको रोजाईको विद्यालय बन्दै आएको छ । नेपाली माध्याममा मात्र पढाई हुने भएपछि बिद्यार्थीहरु सबै निजी बिद्यालयमा जाने अनी सामुदायिक बिद्यालयहरु सुनसान हुने अबस्था आएपछि विद्यालयहरु अंग्रेजी माध्याममा प्रवेश गरे । यसै शैक्षिक सत्रको लागि विद्यार्थीको प्रवेश परिक्षा सकिएको छ । अव पोखरिया माध्यामिक बिद्यालयमा चाहेर पनि बिद्यार्थी भर्ना हुन पाउँदैनन् त्यसको कारण भने विद्यालयको लागि अबस्यक कोटा २ सय ११ जना विद्यार्थी भर्नाको लागि ५ सय ४५ जनाले परिक्षा दिएका थिए । यो कक्षा ६ देखि ९ सम्मको अवस्था हो । यसरी आउनेमा अधिकांश निजी विद्यालयबाट आएका विद्यार्थी भएको विद्यालयका प्रध्यानाध्यापक खेमराज भट्टराईले बताए ।
जिल्लाका अन्य कपिय नाम चलेका सामुदायिक विद्यालयहरुको पठन पाठन अंग्रेजी र नेपाली माध्यमको फरक त छ नै उनीहरुले विद्यालय पोसाकमा पनि एकरुपता छैन । अधिकांश अंग्रेजी माध्यममा पढाउने विद्यालयले नेपाली माध्यमको एकखालको पोसाक र अंग्रेजी माध्यमको अर्कै खालको गराउँदै आएका छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउने प्रचलन वढेको छ ।
विद्यालयको आफुखुसी निर्णय
यसरी अंगे्रजी माध्यममा पठनपाठन गर्दा विद्यालयले आफूखुशी शुल्क र पोशाक निर्धारण गर्ने गरेका छन् । मोरङका कतिपय अंग्रेजी माध्यममा पठनपाठन हुने सामुदायिक विद्यालयले मनोमानी गरिरहेका छन् । जिल्लाकोे अधिकांश सामुदायिक बिद्यालयले मनपरी बिद्यालय सुधारको नाममा रकम लिँदै आएका छन् । वि.स.२०७० सालदेखि अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको नरग्राम माध्यमिक विद्यालयमा अंग्र्रेजी र नेपाली माध्यममा पढ्ने विद्यार्थीहरुका लागि छुट्टाछुट्टै पोसाक तोकेको छ ।

विद्यालयले लागू गरेको पोसाकमा अंग्रेजी माध्यममा बोर्डिङ स्कुलको आधार बनाईएको छ भने नेपाली माध्यमबाट पठन–पाठन गर्ने विद्यार्थीको फरक पोसाक रहेको छ । जसमध्ये अंग्रेजी माध्यममा पढ्ने बिद्यार्थीले हरियो पाइन्ट र सेतोमा हरियो धर्का भएको शर्टको ब्यवस्था गरिएको छ भने नेपाली माध्यममा घ्यु रङको शर्ट र खरानी रङको पाइन्टको ब्यवस्था गरिएको छ ।
एउटै विद्यालयमा दुई प्रकारको शिक्षा अनि दुई किसिमको पोसाकसँगै देखिएको विभेदले कसरी सामुदायिक विद्यालयले एकरुपता ल्याउलान् भन्ने चिन्ता अविभावकमा छ ।विभेदका बिषयमा विद्यालयका प्रध्यानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिलाई जानकारी गराउँदा पनि वेवास्ता गरिएको नरग्राम माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष होमनाथ तिमल्सिनाले बताए ।

यता विद्यालय प्रशासनले विविध कारण देखाउँदै छिट्टै सच्याउने जानकारी दिएको छ । विद्यालयका प्रध्यानाध्यापक भीम बस्नेतलले अबको दशैंसम्ममा सबै विद्यार्थीलाई एकै प्रकारको विद्यालय पोसाक कार्यान्वयनमा ल्याउने पहल भईरहेको बताए । ‘हामीले एक्लो निर्णय गरेर यो कार्यान्वयनमा ल्याउन भन्दापनि अभिभावकको सहभागीतामा पोसाकमा एकरुपता होस् भनेर दशैं सम्ममा कार्यान्वयन गर्ने तयारीमा छौं, प्रअ बस्नेतले भने, अहिले तत्काल कार्यान्वयनमा जाँदा अभिभावकलाई नै समस्या आउँछ ।’ सो विद्यालयमा २०७० सालमा ७० जनाबाट शुरु भएको अंग्रेजी माध्यममा अहिले ४ सय ७२ जना बिद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ । तर त्यो भन्दा बढी नेपाली माध्यममा ७ सय ९८ विद्यार्थी रहेको बिद्यालयले जनाएको छ ।
अंग्रेजी माध्यमको पढाई गरेर फरक फरक पोसाक व्यवस्था गर्नेमा अधिकांश अंग्रेजी माध्यममा पढाउने विद्यालय छन् । सत्यनारायण, आदर्श तथा पोखरिया स्कुल पनि रहेको सम्बन्धित बिद्यालयका शिक्षहरु बताउँछन् ।
सामुदायिक विद्यालय निःशुल्क कि सशुल्क ?
टंकी सिनवारीमा रहेको नरग्राम माविले अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीका लागि प्रति विद्यार्थी मासिक २ सय देखि एक हजार २ सय सम्म उठाउँदै आएको छ । नर्सरीमा पढ्ने एउटा विद्यार्थीले २ सय मासिक तिर्दै आएका छन् भने कक्षा १० मा पुग्दा त्यही विद्यार्थीले एक हजार २ सय तिर्नु पर्ने नरग्राम माबिमा प्र.अ. बस्नेतले बताए ।
विराटनगरमा रहेको सत्यनारायण माध्यमिक विद्यालयले पनि विद्यार्थीहरुबाट विद्यालय विकास सहयोगको नाममा अंग्रेजी माध्यममा पढेका विद्यार्थीबाट रकम लिन्छ । विद्यालय विकास सहयोगको लागि भन्दै प्रति विद्यार्थी १२ हजार देखि १६ हजार बार्षिक रकम विद्यार्थीले विद्यालयमा तिर्नुपर्छ । कक्षा ६ मा बर्षको १२ हजार तिर्नुपर्छ भने कक्षा १० मा पुग्दा ईलेक्ट्रिकल इन्जिनियर पढ्नेले १६ हजार विद्यालय विकासको सहयोगमा खर्च गर्नुपर्ने बिद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले बताए । यो विद्यार्थीले तिरेको रकमबाट शिक्षकहरुको अंग्रेजी माध्यममा खर्च हुने विद्यालयका प्रध्यानाध्यापकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्