विराटनगरका पूर्व सासद माथि पटक पटक प्रहरीले ज्यादती गरेको आरोप

<span class='c1'>विराटनगरका पूर्व सासद माथि पटक</span> <span class='c2'>पटक प्रहरीले ज्यादती गरेको आरोप</span>

विराटनगर १४ बैशाख ।

संविधानसभाको पहिलो चुनावमा तत्कालिन नेकपा माओवादी पार्टीबाट सांसद बनेका बावुलाल पासवानले आफुमाथि प्रहरी ज्यादती भएको भन्दै आरोप लगाएका छन् । बुढीगंगा गाँउपालीका वडा ३ गंगाचोक निवासी ६५ वर्षिय बावुलाल पासवानले विना कारण प्रहरीले विभिन्न आरोप लगाउदै दुख दिएको बताए । पिडीत पासवानले शुक्रवार विराटनगरमा पत्रकार सम्मेलनगरी प्रहरीको ज्यादती बढेको आरोप लगाएका हुन ।
पासवानलाई गत चैत्र १० गते घरमा बसिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो । पिडीत पासवानले भने ‘म घरमै बसिरहेको थिएँ, घिनाघाटका स्थानिय व्यापारी गोपाल कट्वालको नेतृत्वमा ईलाका प्रहरी कार्यलय नेमुवाबाट आएको प्रहरीले घरबाटै समातेर लगे, किन लगेका हुन् भन्ने बारेमा मलाई जानकारी दिएन ।’
नेमुवा प्रहरी कार्यलयमा एक रात राख्यो त्यस लगत्यै भोलीपल्ट जिल्ला प्रहरी कार्यलय मोरङमा झिकाएर केही दिनसम्म हिरासत मै राखेको उनको गुनासो छ। विचमा पासवानलाई प्रहरीले छाडेको थियो। पुन बैशाख ४ गते पक्राउ गरी १२ गतेसम्म हिरासतमा राखेर प्रहरीले दुःख दिएको उनको भनाई छ । प्रहरीले उनलाई विप्लप माओवादीको कार्यकर्ता भएको आशंकामा पक्राउ गरेको जनाएको छ । तर पासवानले भने अहिले कुनै राजनितीक दलसंग आवद्ध नभएको स्पष्ट पारे ।
यसैविच यस विषयमा घिनाघाटका स्थानिय व्यापारी गोपाल कट्वालसंग बुझ्दा आफूलाई यो विषयमा कुनै जानकारी नै नभएको बताए । ‘यो सरासर गलत हो, मेरो उहाँसंग कुनै रिसीवी छैन, उनले भने मलाई फसाउने काम भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्