आरोपीलाई गोप्य भेटेर डिआईजी साह काठमाडौँ हिँडे, घटना रहस्यमय बन्दै

<span class='c1'>आरोपीलाई गोप्य भेटेर डिआईजी साह</span> <span class='c2'>काठमाडौँ हिँडे, घटना रहस्यमय बन्दै</span>

विराटनगर, १५ वैशाख ।
अन्तराष्ट्रिय विमानस्थलबाट हराएको साढे ३३ किलो सुन काण्ड र त्यही घटनासँग जोडेर हेरिएको मोरङ उर्लावारीका सनम हत्याका आरोपीहरुलाई १ नम्बर प्रदेशका डिआईजी ज्ञान बिक्रम साहले गोप्य भोट गरेका छन् । दिउँसो १२ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालयमा रहेका उनी दिउँसो १ बजेर ४० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका बहालवाला एसपी, डिएसपी र .पुर्ब डिआईजीलाई गोप्य भेटेका हुन् ।
आज डिआईजी साह काठमाडौँ जाने कार्यक्रम थियो त्यही समयमा कार्यालयबाट निस्किएका उनी सिधै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । त्यो बेलामा मोरङका एसपी अरुण कुमार बिसी कार्यकक्षमा थिएनन् । डिआईजी साह १ बजेर ४० मिनेटमा जिल्ला प्रहरी कार्यालयमा पुगेर त्यहाँ करिब आधाघण्टा बसेर हिँडेका थिए । उनले पुर्ब डिआईजी गोबिन्द निरौला, प्रहरी उपरिक्षक (एसपी) विकासराज खनाल तथा प्रहरी नायव उपरिक्षक ( डिएसपी) सञ्जय राउतसँग मोरङका एसपी अरुण कुमार बिसीको कार्यकक्षमा भेट गरेको श्रोतले बताए छ । डिआईजी साह सादा पोसाकमा पुगेका थिए ।
प्रदेश प्रहरी कार्यालयका अनुसार आजै दिउँसो करिब ३ बजेको फ्लाईटमा काठमाडौँ गएका साह अब शनीवार मात्र फर्कने कार्यक्रम रहेको छ। सोमबार र मंगलवार बिदा भएकोले एक हप्ता पछि फर्किने कुरा भएको प्रहरी श्रोत बताउँछ । डिआईजीले भेटेको बारेमा मोरङका प्रहरी अधिकृतहरुले यस बारेमा जानकारी नभएको बताएका छन् ।
हिरासतमा रहेका डिएसपी, एसपी र पुर्ब डिआईजीलाई संगठित अपराध, मानव अपहरण तथा कर्तब्य ज्यान मुद्दामा बिहिवार मात्र म्यादथप भएको हो । हिजै म्यदथप भएका उनीहरुलाई डिआईजीले एसपी बिसी नभएको बेला किन गोप्य भेटे भन्ने बारेमा केही खुलेको छैन । ३३ किलो सुन काण्डमा २७ जनालाई प्रहरीले अहिले हिरासतमा लिएर अनुसन्धान भईरहेको बेलामा यसरी गोप्य भेटलाई संकास्पद हेरिएको श्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्