लुम्विनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु, १५ देशका संस्कृती मन्त्री ल्याउन असफल

<span class='c1'>लुम्विनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु, </span> <span class='c2'>१५ देशका संस्कृती मन्त्री ल्याउन असफल</span>

बुटवल, १५ वैशाख । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६२ औँ बौद्ध जयन्तीको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरे । बौद्ध सम्मेलनमा विभिन्न १५ वटा मुलुकको संस्कृति मन्त्रीहरु आउने कोषले जनाएपनि सम्मेलनमा कुनै मुलुकका मन्त्री सहभागी नभएको पाईएको छ ।
मन्त्री अधिकारीले भगवान गौतमबुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी बन्न सफल भएको बताए । उनले छिट्टै लुम्बिनी गुरूयोजना पूरा हुने उल्लेख गरे । अधिकारीले भने, ‘तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीलाई सडक सञ्जालले जोड्ने ग्रेटर लुम्बिनीको अवधारणा सरकारले ल्याउदै छ, अबको साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ ।’
उनले ग्रेटर लुम्बिनीसँगै मोनोरेल लगायतका विषयमा पनि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । जारी सम्मेलनमा लुम्बिनी विकास कोषले कार्यक्रमलाई भने ब्यवस्थित गर्न सकेन ।
सम्मेलनमा मुख्यवक्ता दुरहाम युनिभरसिटीका प्राध्यापक रविन कनिंघमले आफ्नो कार्यपत्र प्रस्तुत गरेका छन् । बौद्ध सम्मेलनमा बौद्धसगँ सम्बन्धित ३१ जनाले विभिन्न उपशिर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्ने कोषले जनाएको छ । सदस्य सचिव सरोज भट्टराईले १६ जना राष्ट्रिय र १५ अन्तर्राष्ट्रिय गरी ३१ जनाले विभिन्न उपशीर्षकहरुमा बौद्ध सम्मेलनमा बौद्धसगँ सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने बताए ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धित प्राज्ञिक व्यक्तित्व अनुसन्धानदाताहरु विभिन्न उपर्शिषकहरुमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्