महिलालाई प्रबिधिमैत्री बनाउने वारे विराटनगरमा छलफल

<span class='c1'>महिलालाई प्रबिधिमैत्री बनाउने</span> <span class='c2'>वारे विराटनगरमा छलफल</span>

विराटनगर, १५ वैशाख ।
प्रविधिमा महिलाहरूको सहभागीता पत्याभुती गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल महिनामा मनाइने प्रबिधिमा महिला सहभागीता विशेष कार्यक्रम विराटनगरमा भव्यताकासाथ सम्पन्न भएको छ । इस्ट आइटी कम्युनिटि नेपाल र विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा होटल श्रीकृष्णमा भएको कार्यक्रममा करिब सय जना महिलाहरूको सहभागितो थियो ।
विराटनगरका मेयर भिम पराजुलीले प्रबिधिमा महिलाको सहभागीता बृद्धीका लागि महानगरले बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । महिला लक्षित धेरै कार्यक्रम मध्ये महिलालाई प्रबिधि मैत्री बनाउनको लागि बिशेषगरी महिला लक्षित कार्यक्रम आबस्यक रहेको औल्याए । कार्यक्रममा नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य तथा इन्जिनियर रिना डंगोल, विद्युत प्राधिकरणकी इन्जिनियर किरण चौधरी, मदन भण्डारी प्रतिष्ठानका अध्यक्ष गुरू बराल लगायतले आफ्नो अनुभव सुनाएका थिए ।
महिलाहरूको इ–कमर्स अभियान नारी पाइलाको विषयमा दिव्या गुरागाँइ र प्रियम खनाल, महिलाहरूको लागि प्रविधि शिक्षाका विषयमा आइष्का बस्नेत, महिलाहरूलाइ हिंसाबाट शुरक्षित बनाउने अभियान ’प्रोजेक्ट आवाज’को विषयमा सदिक्षा भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा वेबसाइट बनाउने ओपन सोर्स प्लाटफर्म वर्डप्रेसको मासिक कार्यक्रम वर्डप्रेस मिटअप पनि आयोजना गरिएको थियो । मिटअपमा वर्डप्रेसका विषयमा छलफल भएको थियो । कार्यक्रममा आदर्श उच्च मावि, मिल्स मावि र पोखरिया माविमा अध्ययनरत कम्प्युटरका विद्यार्थीहरूले पछिल्ला दिनहरुमा आएका नयाँ प्रबिधिको बारेमा जान्न पाउँदा खुसी ब्यक्त गरे ।
मधु खतिवडाले संचालन गरेका कार्यक्रमको समापन राष्ट्रिय आइसिटि काउन्सिलका सदस्य तथा इस्ट आइटि कम्युनिटिका अध्यक्ष निर्मल तामाङले गरेका थिए । आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताउँदै कार्यक्रम संयोजन सुजित झाले बिभिन्न संघ संस्थाले कार्यक्रमलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए। कार्यक्रममा विराटनगर महानगरपालिका, बुलगार्ड एन्टिभाइरस, वल्र्डलिङ्क, उपहारहरू डटकम, होटल श्रीकृष्ण, नेटवर्क सोलुसन, पाइला जब, आवर विराटनगर, क्रिएटिभ आइ, बिनवरी, टेक फर गुड, इस्टर्न नेपाल लोकल गाइड्स र निहारिका कलेजको सहयोगमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्