विराटनगरमा चट्याङ लागेर ३ जना घाईते, सुनसरीमा एकजनाको मृत्यु

<span class='c1'>विराटनगरमा चट्याङ लागेर ३ जना</span> <span class='c2'>घाईते, सुनसरीमा एकजनाको मृत्यु</span>

विराटनगर,१५ बैशाख ।
मोरङ र सुनसरीमा चट्याङ लागेर आज एक जनाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका छन्। सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने–१८ बर्षिय रोसन कुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको हो । पिपलको रुख मुनी बसिरहेको उनलाई दिउँसो २ बजेतिर हावाहुरी संगे परेको चट्याङ लाग्दा ज्यान गएको प्हरीले जनाएको छ । उनकै साथी २५ बर्षिय मिठू मण्डल गम्भीर घाईते भएका छन्। उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।
यस्तै मोरङको बिराटनगर महानगरपालिका –१४ जतुवा बस्ने ४५ बर्षिया रुपमणी यादव, उनकै छोरी – १६ बर्षिया भुकली यादव र छिमेकी २६ बर्षिय भुल्टेन यादव दिउँसो परेकोे चट्याङ लागेर घाइते भएका छन्। घाइते सबैको कोशी अन्चल अस्पताल बिराटनगरमा उपचार भइरेहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्