गोली हान्ने दोषीलाई चाडो कारबाहीको माग गर्दै श्रीनिवासाचार्य २० दिन अस्पतालको बसाई पछि फर्किए ( भिडीयो सहित)

<span class='c1'>गोली हान्ने दोषीलाई चाडो कारबाहीको माग गर्दै श्रीनिवासाचार्य २०</span> <span class='c2'>दिन अस्पतालको बसाई पछि फर्किए ( भिडीयो सहित)</span>

सुमन/प्रेम
विराटनगर, १६ वैशाख ।
बिराटनगरमा हिन्दु धर्मका गुरु श्रीनिवासाचार्यले अप्ठेरो अबस्थाबाट बाँच्न सफल भएको बताएका छन् । दाहिने छात्तीको माथिल्लो भागमा गोली लागि गम्भीर घाईते भएका उनलाई तत्काल भोली विहान चैत्र २६ गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो ।

विराटनगर १४ स्थित जतुवोको श्रीमद्भागवत महापुराणमा सहभागि हुन पुगेका श्रीनिवासाचार्यमाथी गोली प्रहार भएको थियो ।आईतवार न्युरो अस्पतालको २२ दिन लामो उपचार पछि फर्किने क्रममा उनले आफुलाई बाँच्न सफल बनाउने डाक्टरहरुप्रति आभार ब्यक्त गरे । उनले सरकारलाई अपराधी पक्राउ गरी कार्वाही गर्न आग्रह गरेका छन् । पत्रकार सम्मेलनकै बीच श्रीनिवासआचार्यले आफ्नो उपचारमा संलग्न डाक्टर सुदिप खनिया सहितको टोली र अस्पाताका निर्देशक डा. विरेन्द्र विष्टलाई पनि धन्यबाद ज्ञापनगर्दै दोसल्लाले सम्मान गरे । उनले हिन्दु धर्मको प्रचारको नाममा भएको आक्रमणले अबको दिनमा अभियानलाई कसरी लग्ने भन्ने बिषय थप छलफलको बिषय भएको प्रतिक्रिया दिए ।

पत्रकार सम्मेलनमा पुगेका सनातन हिन्दु राष्ट्रिय जागरण अभियान मोरङका अध्यक्ष त्रिलोक रिजालले घटनाको बारेमा सही अनुसन्धान नगरेको आरोप लगाए । धार्मिक रुपमा ठुलो दुर्घटना गराउन खोजेको देखिन्छ, उनले भने ‘यस्ता बिषयलाई तत्काल नियन्त्रण गर्नुप¥यो ।’ गत चैत २५ गते दाहिने छातीको माथिल्लो भागमा गोली प्रहारबाट गम्भीर गाईते भएका श्रीनिवासाचार्यको उपचारमा डा सुदिप खनिया संलग्न थिए ।
श्रीनिवासाचार्यलाई लिनको लागि अहिले हिन्दु धर्मका गुरुहरु अस्पताल पुगेका थिएभने उनका चेलाहरु पनि न्युरो अस्पतालमा गएका थिए । अस्पतालबाट डिस्चार्ज भए लगतै उनी आजै काठमाडौँ लागेका छन् । मलिन मुद्रामा देखिएका श्रीनिवासाचार्यले भने धेरै बोलेनन् उनले भने दोषीलाई कार्वाही होस् ।

https://www.youtube.com/watch?v=1uwzJzH8ufw&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्